FLASH NEWS
  • Loading...

मासिक १० युनिटसम्म बिजुली खपत गर्नेले महसुल तिर्नु नपर्ने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४२ पटक पढिएको
मासिक १० युनिटसम्म बिजुली खपत गर्नेले महसुल तिर्नु नपर्ने

मासिक १० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकहरुले अब महसुल तिर्नु नपर्ने भएको छ ।

सरकारले बजेटमार्फत यस्तो व्यवस्था गरेको हो ।

मासिक १० युनिटसम्म बिजुली खपत गर्ने घरायसी साना विद्युत उपभोक्ताले महसुल तिर्नु नपर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरेका हुन् ।
यस्तै, मासिक १ सय ५० युनिट खपत गर्नेलाई महसुलमा २५ प्रतिशत छुट हुने घोषणा गरिएको छ । यसैगरी, २ सय ५० युनिट सम्म खपत गर्नेलाई १५ प्रतिशतले महसुलमा छुट दिइने अर्थमन्त्रीले घोषणा गरेका छन् ।

साथै बजेटमा खानेपानी र सिंचाई उपभोक्ता समितिले तिर्नुपर्ने  विद्युत् शुल्क मिनाहा र विद्युत् महसुलमा सहुलियत दिने व्यवस्था गरिएको छ।