FLASH NEWS
  • Loading...

भारतीयलाई नेपालमा श्रम स्वीकृत अनिवार्य

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ६६ पटक पढिएको
भारतीयलाई नेपालमा श्रम स्वीकृत अनिवार्य

सरकारले बजेट भाषणमार्फत् सबै विदेशी नागरिकलाई नेपालमा श्रम स्वीकृत अनिवार्य गर्ने घोषणा गरेको छ ।

आज बिहीबार बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै विदेशी नागरिकलाई श्रम स्वीकृतिबिना काम गर्न नदिने बताएका हुन्।

उक्त घोषणाबाट नेपालमा निर्वाध रुपमा काम गरिरहेका लाखौं भारतीय नागरिक प्रभावित हुनेछन्। भारतले नेपालबाट वार्षिक ४ खर्बभन्दा बढी रेमिट्यान्स लैजाने गरेको छ।