FLASH NEWS
  • Loading...

उद्योगी व्यवसायीका लागि राहात प्याकेज, के के आए ?

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ७६ पटक पढिएको
उद्योगी व्यवसायीका लागि राहात प्याकेज, के के आए ?

सरकारले कोरोनाबाट प्रभावित उद्योगी व्यवसायीका लागि प्याकेज घोषणा गरेको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले त्यस्तो राहात प्याकेज घोषणा गरेका हुन् ।

उनका अनुसार घरेलु, साना तथा मझौला उद्योगको उत्थानका लागि ५ प्रतशित ब्याजदरमा कर्जा उपलब्ध गराउन ५० अर्बको छुट्टै कोष स्थापना गरिनेछ । सो कोषमा नेपाल राष्टबैंक, नेपाल सरकार, सरकारी स्वामित्वका सार्वजनिक संस्थान तथा दातृ निकायले योगदान गर्नुपर्नेछ ।यस्तै, अर्थमन्त्रीले आगामी बजेटमार्फत मासिक १० युनिटसम्म बिजुली खपत गर्नेलाई निःशुल्क गरिएको घोषणा गरेका छन् । यस्तै, मासिक १५० युनिटसम्म बिजुली खपत गर्नेलाई २५ प्रतिशत र २५० सम्म खपत गर्नेलाई १५ प्रतिशत महसुलमा छुट दिने घोषणा गरेका छन् ।

खानेपानी र सिंचाई उपभोक्ता समितिले तिर्नुपर्ने  विद्युत् शुल्क मिनाहा र विद्युत् महसुलमा सहुलियत दिने व्यवस्था गरिएको छ।

लकडाउन अवधिभर उद्योगहरुलाई विद्युतको डिमाण्ड शुल्क छुट दिने अर्थमन्त्रीले घोषणा गरेका छन् । माग कम भएको अवस्थामा खपत हुने बिजुलीको महसुलमा ५० प्रतिशत छुट दिइने समेत घोषणा गरिएको छ ।

यस्तै, कृषि, साना, मझौला, होटल, पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग व्यवसायलाई ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन रु. १ खर्बसम्मको पुनरकर्जा उपलब्ध गराउने व्यवस्था मिलाइएको अर्थमन्त्रीले जानकारी दिए ।