FLASH NEWS
  • Loading...

आगामी आवको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ७६ पटक पढिएको
आगामी आवको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड

आर्थिक वर्ष २०७७/०७८ को बजेट सरकारले बिहीबार संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सार्वजनिक गरेको छ । संसदको संयुक्त बैठकमा नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवका लागि १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरे ।

यो बजेट चालू आवमा भने १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको थियो । यस वर्षको बजेट अघिल्लो आवको भन्दा झन्डै ५० अर्ब रुपैयाँभन्दा कम हो ।

सरकारले आगामी आवका लागि चालूतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको बिहीबारको बजेट प्रस्तुतिका क्रममा अर्थमन्त्रीले जानकारी जानकारी दिए ।

प्रस्तुत बजेटको स्रोत व्यवस्थापनतर्फ भने राजस्वबाट ८ खर्ब ८९ अर्ब, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री डा. खतिवडाले बताउनु भएको छ । यसैगरी आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने जानकारी संसदको दुवै सदनको संयुक्त बैठकलाई उहाँले जानकारी जानकारी दिए ।