FLASH NEWS
  • Loading...

नेपालबाट फर्केका दुई जनालाई भारतमा कोरना संक्रमण भेटियो, बर्दियाका दुई गाउँ ‘सील’

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २४८ पटक पढिएको
नेपालबाट फर्केका दुई जनालाई भारतमा कोरना संक्रमण भेटियो, बर्दियाका दुई गाउँ ‘सील’

नेपालबाट फर्किएका दुई भारतीय मजदुरमा कोरोनाभाइरस सङ्क्रमण देखिएको भारतीय प्रहरीले जानकारी दिएपछि बर्दिया जिल्लाका दुई स्थानमा अहिले उच्च सतर्कता बढाइएको छ।

बर्दियाको कोठियाघाटस्थित क्रशर उद्योगमा काम गर्ने ती मजदुरहरू लकडाउनकै बेला गत वैशाख ५ गते उत्तर प्रदेशमा पर्ने बहराइच फर्किएका थिए । बहराइचस्थित स्थानीय अस्पतालमा परीक्षण गर्दा कोभिड-१९ पुष्टि भएको भन्दै भारतीय प्रहरीले बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीलाई पत्रमार्फत् जानकारी गराएको हो।

केही हप्तादेखि नेपाल-भारत सीमानाका बन्द भएको भए पनि उनीहरू लुकिछिपी भारत गएको हुन सक्ने बर्दियाका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले बताए।

उक्त क्रशर उद्योगमा पाँच भारतीय र ११ नेपाली नागरिकले काम गर्ने गरेको खुलेको छ। सङ्क्रमण फैलिन सक्ने आशङ्कामा बर्दिया जिल्लाका  सुजनपुर र खुलपुरका सबै नाका बन्द गरिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले उक्त जानकारीका आधारमा ती भारतीय नागरिकसँगै काम गर्दै आएका क्रशर उद्योगका सबै मजदुरबाट नमुना सङ्कलन गरी परीक्षण गर्ने तयारी भइरहेको बताए। विविसी नेपाली अनलाईनमा प्रकाशित छ ।