FLASH NEWS
  • Loading...

बाढी पसेर भगवतीका ७० घरमा क्षति, असिनाले ६० प्रतिशत अन्नवाली र ९० प्रतिशतसम्म फलफुल खेती नष्ट

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २५२ पटक पढिएको
बाढी पसेर भगवतीका ७० घरमा क्षति, असिनाले ६० प्रतिशत अन्नवाली र ९० प्रतिशतसम्म फलफुल खेती नष्ट

नयाँ वर्षको पहिलो राती परेको भिषण असिनापानीले जिल्लाको रघुगंगा गाउँपालिका १, , ३ र ४ तथा मालिका गाउँपालिका, ६ दिच्याम क्षेत्रका वस्ती तथा खेतवारीमा लगाईएको गहुँ, जौ लगाएत हिउँदेवाली र तरकारी खेतीमा क्षति पुर्‍याएको छ ।

मुसलधारे असिनापानीपछि आएको बाढीले रघुगंगा गापा, २ भगवतीका डोलेन्द्र रिजाल, गोकर्ण परियार, नरसिंह केसी र नाम नखुलेका एक दलितको घर पुर्ण क्षति पुगेको छ । बाढीपसेपछि जग्सीखोर, नयघर, धुपिचौर, ठूलाथर वस्तीका ८० घरमा हिलो लेदो पसेर क्षति पुगेको  रघुगंगा गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी गाउँपालिकाले दिएको जानकारी अनुसार करिव १ फिटसम्म बाक्लो असिनाले पाक्ने लागेको गहुँ, जौ र औवामा ६० प्रतिशत र सुन्तला समेतका फलफुल खेतीमा स्थान अनुसार ६० देखी ९० प्रतिशतसम्म क्षति पुर्‍याएको छ । असिनाले साग, आलु, केराउ, प्याज, लसुन समेत तरकारी खेती, पाक्न लागेको/पाकेको गहुँ, जौ र असारे मकैमा ८० प्रतिशतसम्म क्षति पुर्‍याएको छ ।

मध्यराती परेको भिषण असिनापानीले थन्क्याउन ठिक्क परेको वाली, भर्खर फुल लागेको सुन्तला वैगैंचा र तरकारी खेती नष्ट गरेको छ । क्षतिको आँकलन गर्न खेतवारीमा पुग्दा कृषक पुर्पुरोमा हात राखेर रोएको दृष्य हृदयविदारक छ रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘भगवतीको सिजलगाउँ क्षेत्र र पिप्लेको महतारेकलेजवाङ क्षेत्रको फलफुलमा ब्यापक क्षति पुर्‍याएको छ । त्यसैगरी वडा ४ को दग्नाम र १ बेगको उपल्लो खण्डमा पनि क्षति पुगेको छ ।

त्यसैगरी गएराती परेको भिषण असिनापानीले पश्चिम मालिका गाउँपालिका, ६ दिच्याममा पनि तरकारी र हिउँदेबालीमा पनि क्षत्ती पुर्‍याएको छ । बाक्लो असिनाले किसानले लगाएको हिउँदेबाली, तरकारी तथा फलफुल लगाएतका खेतीबाली नष्ट गरेको हो ।