FLASH NEWS
  • Loading...

मलेसियाको सेर्वा कम्पनीले ५६.३ मेगावाटको म्याग्दी खोलामा लगानी गर्ने

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २२३ पटक पढिएको
मलेसियाको सेर्वा कम्पनीले ५६.३ मेगावाटको म्याग्दी खोलामा लगानी गर्ने

नेपालको हाइड्रो भिलेजले मलेसियास्थित सेर्वा दिनामिक इन्टरनेसनल लिमिटेडसँग साझेदारी गरेको छ।

शुक्रबार सम्पन्न सम्झौताअनुसार सेर्वाले हाइड्रो भिलेजको सेयर खरिद गर्नुका साथै इन्जिनियरिङ, खरिद, निर्माण र उत्पादन (इपीसीसी) मा सहभागी हुनेछ। हाईड्रो भिलिेजले सडक पहुँच नपुगेको धौलागिरी गाउँपालिका, ४ मुदीको बगरामा म्याग्दीखोला जलविधुत आयोजना संञ्चालन गर्न लागेको हो । हाईड्रो भिलेजको अध्यक्ष क्याप्टेन रामेश्वर थापा हुन । हाइड्रो भिलेजले निर्माण गर्न लागेको ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण गर्दैछ।

सेर्वाले परियोजनाको सञ्चालन तथा मर्मत पनि गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।सम्झौतामा सेर्वा दिनामिकका तर्फबाट डा. इर मोहम्मद अब्दुल करिम बिन अब्दुल्लाह तथा हाइड्रो भिलेजका प्रबन्ध निर्देशक सुशील पोखरेलले हस्ताक्षर गरेका छन् ।

सेर्वा अन्तर्गतका कम्पनीको समूहमा अन्तर्राष्ट्रिय ऊर्जा सेवा प्रदायक कम्पनी  पनि  सामेल छ। जसले विश्वका विभिन्न पाँच क्षेत्रमा इन्जिनियरिङ सेवादेखि सञ्चालन तथा मर्मत, इन्जिनियरिङ, खरिद, निर्माण र उत्पादन गर्दै आएको छ। हाइड्रो भिलेजले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् बिक्री गर्ने सम्झौता गरिसकेको छ भने अन्य सबै निकायबाट कानुनी तथा प्रक्रियागत आवश्यकता पूरा गरिसकेको छ। निर्माणको चरणमा रहेका म्याग्दी खोला आयोजनाको १० अर्ब रहने अनुमान गरिएको छ।

‘यो दक्षिण एसियामा ऊर्जा व्यवसायमा हाम्रो पहिलो फुटप्रिन्ट हो,’ सम्झौतापछि अब्दुल्लाहले भने, ‘यो परियोजनामा लगानी गर्न पाउँदा हामी खुसी छौं।’हाइड्रो भिलेजका प्रबन्ध निर्देशक पोखरलले सम्भावित सहयात्रीको रूपमा सेर्वाजस्तो प्रतिष्ठित समूहको साथले नेपालको ऊर्जा क्षेत्र लाभान्वित हुने बताए।

विजमाण्डुबाट