FLASH NEWS
  • Loading...

शिखमा गुडिया बनाउने तालिम

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २०३ पटक पढिएको
शिखमा गुडिया बनाउने तालिम

अन्नपूर्ण गाउँपालिका, ५ शिखमा स्थानीय महिलाकालागी ७ दिने कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न भएको छ ।
स्थानीय महिलाको आयआर्जनमा बृद्धी गराउने र फुर्सदको समय सदुपयोग गर्न अन्नपूर्ण गाउँपालिकाको १ लाख लगानीमा कुसन तथा गुडिया बनाउने तालिम दिईएको हो । १७ जना महिला सहभागी तालिममा प्रशिक्षक मधु केसी र सविना थापाले तालिम दिएका हुन ।
तालिम समापन पछि वडाध्यक्ष दिनेश तिलिजाले तालिमबाट सकेको सीप ब्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे । वडाध्यक्ष तिलिजाले भने, ‘तालिममा मात्र सिमित नवानोस सीप, सिकेको सीपबाट उत्पादित गुडिया सवैको घरमा सजाएको देख्न सकियोस सुभकामना छ ।’