FLASH NEWS
  • Loading...

बेनी शिवालयमा महाशिवरात्रि पुजाको तयारी पुरा

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २११ पटक पढिएको
बेनी शिवालयमा महाशिवरात्रि पुजाको तयारी पुरा

कालीगण्डकी र म्यग्दी नदीको संगमस्थलमा विशाल वरको रुखको जाराभित्र अवस्थित तीन सय वर्ष पुरानो (विस १७५४) शिवालय मन्दिरमा शिवरात्रिको अवसरमा शिवपुजा, दर्शन तथा दीपप्रज्वलन समेतको धार्मिक मेलाको तयारी पुरा भएको छ ।
आशुतोष भगवान् शिवको अति प्यारो दिन महाँशिवरात्रीमा म्याग्दीकै पुराना बेनी शिवालय मन्दीर जाऔं, १ सय ८ शिललिङ्ग पुजन एवं शिव अर्चना गर्न एवं महाशिवरात्रिको अवसरमा बेनी शिलालय मन्दीरमा हुने षडानन्द रुद्री, भवन, महाँशिव धुनी, चिरन्जिवी वत्ति प्रज्वलन गरौं र भगवान शिवको प्रिय महाँप्रसाद ग्रहण गर्न बेनी शिवालय मन्दीर संरक्षण समितीले सवैलाइ आग्रह गरेको छ ।
‘म्याग्दीकै पुरानो बेनी शिवालय मन्दीरमा महाँशिवरात्रिको अवसरमा भक्तजनलाई भगवान शिवको पुजाअर्चना तथा दर्शन गर्न सहज ब्यवस्थापन गरेका छौं । साथमा रुद्री श्रवण र चिरन्जिवी दीप प्रज्वलनको ब्यवस्था पनि गरेका छौं’ बेनी शिवालयका अध्यक्ष विक्रम श्रेष्ठले भने, ‘बेनी शिवालय नजिक र सहज तीर्थस्थल पनि हो ।’
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको शिवालय मन्दिर पाञ्चायन शैलीमा निर्माण गरिएको छ । मन्दिरभित्र सानो तर सुन्दर शिवलिंग छ । महाशिवरात्रि हिन्दुहरुको प्रमुख चाड एवं भगवान शिवको प्रमुख पर्व हो । फागुन कृष्ण चतुर्दशीका दिन मनाईने शिवरात्रि आशुतोष भगवान शिवको अति प्यारो दिनको रुपमा मानिन्छ ।
वोर्तोत्सवहरु मध्य सर्वोत्तम महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा ‘ॐ नम ः शिवाय ’ मन्त्र जप्दै पुजाअर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दुध, धतुरो र वेलपत्र चढाउने गरिन्छ । हाशिवरात्रिलाई ब्रह्मले रुद्ररुपी शिवको उत्पति गरेको र शिवपार्वतीको विवाह भएको दिनको रुपमा पनि मानिन्छ ।
शिवरात्रिमा निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पुजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन गरी शिवपुजा गरिन्छ । शिवरात्रि पुजामा ब्रतकालमा शिवको ध्यान, पुजन र जप गरिन्छ । शिव फुजा गर्दा इशान मुर्क्तिलाई दुधले, अघोर मुर्तिलाई दहीले, वामदेव मुर्त्तिलाई घिउले, सद्योजात लिँगोद्धव मुर्क्तिलाई महले स्नान गराईन्छ ।