FLASH NEWS
  • Loading...

मालिकाको दिच्यामलाई किवी गाउँ बनाउने तयारी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११७ पटक पढिएको
मालिकाको दिच्यामलाई किवी गाउँ बनाउने तयारी

म्याग्दीको मालिका गाउपालिका–६ मा पर्ने दिच्यामलाई किवी गाउँ बनाउने तयारी भएको छ ।

खेति विस्तारका लागि  दिच्यामका ६५ घरधुरी कृषकलाई तीन सय रुपैयाँ मूल्य पर्ने किविका बिरुवा पचास प्रतिशत अनुदानमा  वितरण गरिएको हो ।  बाझीएको खेतीयोग्य जमिनलाई उपभोग गरी आम्दानी वृद्धी गर्ने उद्देश्यले मालिका गापा ६ नम्बर वडा कार्यालयले किवी खेति विस्तार कार्यक्रम संञ्चालन गरेको हो । एक हजार हेवार्ड र पाँच सय एलीसान जातका बिरुवा एक जना कृषकलाई १० वटा देखि २३० वटा सम्म बिरुवा वितरण गरिएको छ ।

‘वितरित किवीका विरुवा सरकारी अनुदान भनेर वेवास्ता नगर्नुस, भविस्यमा किवीको मिठो फलसँगै प्रसस्त पैसा फलाउने हो । किवी खेतिमा मार्फत दिच्याममा आर्थिक अवसर र समृद्धि ल्याउने विश्वास गाउँपालिकाले गरेको छ’ मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले भनिन्, ‘खेतीकालागी अनुकुल भुगोल अनुसारका फलफुल, तरकारी वा अन्य खेतिमा ब्यवसायीकरण गर्न गाउँपालिका जुटेको छ । हामी बजार र बजेट खोज्छौं, तपाईहरु मेहिनत गर्नुस । धेरै फलाउनुस ।’

गाउँपालिकाले दिच्यामका कृषकलाई किबी खेतीका लागि ट्रस खरिद गर्न आठ लाख रुपैयाँ बिनियोजन गरेको थियो । दरवाङको विभिन्न बस्तिलाई हावापानी, बजार सम्भावनाका आधारमा विभिन्न बालीको पकेट क्षेत्र बनाइएको छ ।