FLASH NEWS
  • Loading...

म्याग्दी–काली संञ्चारमा नयाँ नेतृत्व

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २५१ पटक पढिएको
म्याग्दी–काली संञ्चारमा नयाँ नेतृत्व

जिल्लाको पहिलो संञ्चार सहकारी म्याग्दी–काली संञ्चार सहकारीको शनिवार बेनीमा सम्पन्न पाँचौं अधिवेशनबाट विजय श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ ।

म्याग्दी–काली एफ.एम, म्याग्दीकाली फाईवर इन्टरनेट तथा केवल टेलिभिजन नेटवर्क संञ्चालन गर्दै आएको म्याग्दीकाली संञ्चार सहकारीको उपाध्यक्षमा रामजी सुवेदी, सचिवमा सुविन श्रेष्ठ, कोषाध्यक्षमा राजु बानियाँ, सहसचिवमा सुरत केसी, सहकोषाध्यक्षमा हेमन्त थापा निर्विरोध चयन भएका छन ।

त्यसैगरी सदस्यहरुमा माधवप्रसाद रेग्मी, दीपक हमाल, दुर्गाराम सुवेदी, बालबहादुर महत, लिलाराम गौतम, महेन्द्र खत्री, धु्रवराज सुवेदी, नारायण सुवेदी र नवराज पौडेल रहेका छन ।

सहकारीको अधिवेशनमा निर्वतमान अध्यक्ष प्रमोद श्रेष्ठले आफुले प्रयाप्त समय दिन नसक्नु र कर्मचारीबाट पुरा असहयोगहुँदा संस्थाले मुनाफा आर्जन गर्न असमर्थ रहेको बताए ।