FLASH NEWS
  • Loading...

हिन्दु धर्म र सस्कृति संकटमा परेको छः सभापति देउवा

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १४७ पटक पढिएको
हिन्दु धर्म र सस्कृति संकटमा परेको छः सभापति देउवा

पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दु धर्म र संस्कृति संकटमा परेको बताएका छन् ।

पर्वतको जलजलामा आयोजित धार्मिक कार्यक्रमलाई आइतवार सम्बोधन गर्दै सभापति देउवाले हिन्दु धर्म, संस्कार, संस्कृति र परम्परा जोगाउनलाई सवै एक भएर जुटन आग्रह गरे।
गण्डकी गोपाल गौशालाले आयोजना गरेको विराट ज्ञानमहायज्ञ तथा गौमहोत्सवको चौथो दिन महोत्सव अवलोकन गर्न आइपुगेका सभापति देउवाले धर्मको रक्षा र वैदिक गाईको संरक्षणका लागि सञ्चालन गरेको गौमहोत्सवले देशभरका हिन्दुहरुलाई नयाँ आशा जगाएको बताए । देउवाले गौशालामा भौतिक पूर्वाधार निर्माण गर्न र यसलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न आफूले सरकारसँग माग गरेको वताए।
सो अवसरमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम सविधानसभाका सदस्य अर्जुनप्रसाद जोसीले जलजला, कालाञ्जर र गौशालाको विकासका लागि आयोजना गरिएको महोत्सवले हिन्दु धर्मालम्बीहरुलाई एक ठाउँमा ल्याएको बताए । हिन्दु धर्मको रक्षा र संरक्षणका लागि एकताबद्ध भएर जुट्न आग्रह गर्दै उनले जलजला क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने भएकाले गाउँपालिकाले ठोस योजना बनाउनुपर्ने बताए ।
जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जलजला क्षेत्रको विकासका लागि गुरुयोजना बनाउन लागिएको बताए । गण्डकी गोपाल गौशालामा भौतिक पूर्वाधार निर्माण गरी धार्मिक पर्यटनको केन्द्र बनाउन गाउँपालिकाको तर्फबाट चालिख लाख रुपैयाँ बराबरको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।