FLASH NEWS
  • Loading...

जेसिज कप’ न्यू वेष्टपोईन्ट विजयी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०८ पटक पढिएको
जेसिज कप’ न्यू वेष्टपोईन्ट विजयी

सदरमुकाम बेनीमा सम्पन्न १८ औं जेसिज कप अन्तर माध्यामिक विद्यालय स्तरिय फुटवल न्यू वेष्टपोईन्ट आवसिय माविले कब्जा गरेको छ ।

शनिवार सम्पन्न फाईनल खेलमा बुद्ध एकेडेमी बेनीलाई १ का विरुद्ध ८ गोलको फराकिलो अन्तरले पराजित गरी साविक विजेता वेष्टपोईन्टले कप हात पारेको हो । वेष्ट पोईन्टले लगातार तेस्रो पटक जेसिजकपमा कब्जागरी ‘कप पच’ गरेको जेसिज महासचिव सन्दीप खत्रीले बताए ।

प्रतियोगिता सुरुमै वुद्धका खेलाडीले आत्मघाती गोलपछि सम्हालिन नसक्दा  वेष्टपोईन्टले पहिलो र दोस्रो हाफमा चार–चार गोल हानेका थिए । चार गोलमध्य ७ नम्बर जर्सीका स्टाईकर मसिन श्रेष्ठले खेख अवधिमा ३ र प्रतियोगिता अवधिमा १२ गोल गरी उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगितामा विजेता न्यू वेष्टपोन्टले जेसिज कप सहित ५१ हजार नगद, ट्रफि, मेडल हात पारेको हो । उपविजेता बुद्ध बोर्डिङले ३१ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र बोकेर घर फर्केको छ ।

सर्वाधिक गोलकर्ता न्यू वेष्ट पोईन्टका मनिस श्रेष्ठ र गोल रक्षक सज्जन बराईलीले हात पारे । ७ नम्बर जर्सीका श्रेष्ठले प्रतियोगिता अवधिभर ७ गोल प्रहार गरे । बेनी सामुदायीकका विजय छिनालले उत्कृष्ट स्ट्राकल, वेष्टपोईन्टका सज्जन बराईली उत्कृष्ट गोलरक्षक, वेष्टपोईन्टकै आदित्य विक उत्कृष्ट मिडफिल्डर र दिपेन राईले उत्कृष्ट कोचको उपाधी हात पारे ।

प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विकले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरे ।