FLASH NEWS
  • Loading...

बुद्ध एकेडेमी र वेष्ट प्वाइन्ट फाइनल प्रवेश

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९४ पटक पढिएको
बुद्ध एकेडेमी र वेष्ट प्वाइन्ट फाइनल प्रवेश

|????????????????????????????????????

नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगितामा साविक बिजेता न्यू वेष्ट प्वाइन्ट आवसीय मावि र बुद्ध एकेडेमी फाईनलमा प्रवेश गरेका छन् । शुक्रवार बेनी स्थित खुलामञ्चमा भएको सेमिफाईनल खेलमा बेनी बोडिङ स्कुललाई शुन्यका विरुद्ध ५ गोल गर्दै वेष्ट प्वाइन्ट र बेनी सामुदायिक माविलाई १ का विरुद्ध २ गोल गर्दै बुद्ध एकेडेमी बगरफाँट फाईनल प्रवेश गरेका हुन् ।
शनिवार हुने फाईनलमा उपाधी हात पार्ने यात्रा तय गरेको वेष्ट प्वाईन्ट र बुद्ध एकेडेमी फाइनल पुग्न सफल भएको हो । म्याग्दीका विभिन्न २० विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा विजेता विद्यालयलाई रनिङ्ग शिल्ड, ट्रफि, मेडल, प्रमाण–पत्रसहित नगद रु ५१ हजार पुरस्कार प्रदान गरिनेछ ।