FLASH NEWS
  • Loading...

माल्दिभ्सविरुद्ध नेपालको सहज जित

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०७ पटक पढिएको
माल्दिभ्सविरुद्ध नेपालको सहज जित

माल्दिभ्सविरुद्धको मैत्रीपूर्ण टी-ट्वान्टी क्रिकेटमा नेपाल ‘ए’ ले सहज जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदानमा बिहिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४९ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले २० ओभरमा ६ विकेट १ सय १ रन मात्र बनाउन सक्यो । माल्दिभ्सका लागि युफुफ फरातले सर्वाधिक ४२ रन बनाए । यस्तै हसन अब्रिम १८ रन जोडे ।

माल्दिभ्सलाई सस्तैमा समेट्न नेपालका आकाश चन्द र नन्दन यादवले २/२ विकेट लिए । यस अघि नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । नेपालका लागि भिम सार्कीले सर्वाधिक ३३ रन बनाए । यस्तै अमित श्रेष्ठ २९, रित गौतम २५, सुवास खकुरेल २० र दिलीप नाथले १८ रन बनाए ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाल आएको माल्दिभ्सले नेपाल ‘ए’ सँग मैत्रीपूर्ण खेल खेलेको हो । तर, माल्दिभ्सविरुद्ध नेपालबाट साग टिम बाहिर रहेका खेलाडीहरु खेलेका थिए । नेपाली टिम शरद भेषवाकरको कप्तानीमा मैदान उत्रिएका थिए ।