FLASH NEWS
  • Loading...

फिफा वरियतामा नेपाल तीन स्थान झर्यो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १२० पटक पढिएको
फिफा वरियतामा नेपाल तीन स्थान झर्यो

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल तीन स्थान तल झरेको छ ।

फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल तीन स्थान तल झरेको हो । नयाँ वरियता अनुसार नेपाल १ सय ७० औं स्थानमा रहेको छ । यस अघि नेपाल १ सय ६७ औं स्थानमा रहेको थियो । दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय ८ र १ सय ५५ औं स्थानमा रहेको छ ।

नेपाल भन्दा तल बंगलादेश १ सय ८७, भुटान १ सय ८९, पाकिस्तान २ सय १ र श्रीलंका २ सय ५ औं स्थानमा रहेको छ । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहेका छन् । यस्तै फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौंथो र उरुग्वे पाँचौ स्थानमा रहेको छ । यस्तै क्रोएसिया, पोर्चुगल, स्पेन, अर्जेन्टिना र कोलम्बिया क्रमश छैटौं देखि दशौँ स्थानमा रहेको छ ।