FLASH NEWS
  • Loading...

नेपालको शानदार सुरुवात

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १२१ पटक पढिएको
नेपालको शानदार सुरुवात

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार भएको उद्घाटन खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले शानदार सुरुवात गरेको हो ।

तुलनात्मक रुपमा कमजोर टिम बंगलादेशविरुद्ध नेपालले पहिलो सेट २५-९ ले सहजै जितेको थियो ।

यस्तै दोस्रो सेटमा पनि २५-९ मा जित निकालेको नेपालले अन्तिम सेट २५-११ ले आफ्नो बनाउदै बंगलादेशविरुद्ध एक पक्षिय जित निकालेको हो ।

नेपाललाई सहज जित दिलाउन स्पाइकर प्रतिभा मालीले १९ अंकको योगदान गरिन् ।  यस्तै सरस्वती चौधरीले १३ अंकको योगदान दिईन् ।

जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ । र, नेपालले समूह ‘ए’ मा २ अंक जोडेको छ  ।

अब नेपालले बिहिबार समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्नेछ ।