FLASH NEWS
  • Loading...

साग महिला भलिबल तालिकाको टुङ्गो – नेपालको पहिलो प्रतिद्वन्दी बंगलादेश

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २१८ पटक पढिएको
साग महिला भलिबल तालिकाको टुङ्गो – नेपालको पहिलो प्रतिद्वन्दी बंगलादेश

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला भलिबलको खेल तालिकाको टुङ्गो लागेको छ ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने प्रतियोगितामा समूह ‘ए’ मा नेपालको समूहमा भारत र बंगलादेश रहेका छन् । समूह ‘बी’ मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन् । ६ टिम सहभागी महिला भलिबल लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ । खेल तालिका अनुसार नेपालले बंगलादेशसँग खेल्दै सागको सुरुवात गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल अर्को साताको बुधबार हुनेछ ।
यस्तै भारतसँग अर्को साताको शुक्रबार खेल्ने छ । समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । नेपालले साग खेल्ने टिमको घोषणा यस अघि नै गरिसकेको छ । हालै नेपाली महिला टिमले बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनको उपाधि जितेको थियो ।
नेपाली टिम :
अरुणा शाही (कप्तान)
प्रतिभा माली
सरस्वती चौधरी
निरुता ठगुन्ना
रेश्मा भण्डारी
पुनम चन्द
जानकी भण्डारी
सुनिता खड्का
सोफिया पुन
उषा कुमारी बिष्ट
कमला पुन
सलिना श्रेष्ठ
उषा भण्डारी
हिरा के.सी