FLASH NEWS
  • Loading...

फोटो खिच्न रोक्ने प्रावधानकाे विरोध

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १३१ पटक पढिएको
Post Thumbnail

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को प्रशारण अधिकार सम्झौतामा पत्रकारलाई फोटो खिच्न रोक्ने प्रावधान समावेश भएको भन्दै नेपाल खेलकुद पत्रकार मञ्च र फोटो पत्रकारको संगठन पिजे क्लबले गम्भिर आपत्ती जनाएको छन् ।
सोमबार संयुक्त बिज्ञप्ती जारी गर्दै फोटो खिच्न निषेध गर्ने सम्झौताका प्रावधानप्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाएका हुन् । सागको खेल स्थलमा फोटो खिच्न नपाउने सम्झौताले पत्रकारको अधिकार हनन भएको भन्दै दुवै संस्थाले दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एनओसी) र राष्ट्रिय खेलकुद परिषद (राखेप) समक्ष ध्यानकर्षण पत्र बुझाएका छन् ।
मञ्चका कार्यवहाक अध्यक्ष धुव्र तुलाधर सहितको टोलीले आईतबार रातिनै एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र राखेप सदस्य सचिव रमेश सिलवाललाई ज्ञापन पत्र बुझाएको हो । ‘सुचनाको अधिकारबाट बञ्चित गर्ने काम नेपाल खेलकुद पत्रकार मञ्च र पिजे क्लबलाई कदापी स्विकार्य हुनेछैन ।’ विज्ञप्तिमा भनिएको छ, ’यस्ता कादमविरुद्ध हामीले विगतदेखी नै सशक्त रुपमा आवाज उठाउदै आएको छ । र यो भोलीका दिनमा पनि कायम रहनेछ ।’
एनओसीको पहलमा राखेपले सागको प्रशारण अधिकार भारतको एनके मिडिया भेन्चर प्रालिलाई ८ करोडमा बेचेको थियो । सम्झौता अनुसार एसएओसी, एनओसी र राखेपका आधिकारिक फोटोग्राफर बाहेक अन्य मिडियालाई फोटो र भिडियो लिन प्रतिबन्ध लगाउने प्रावधान समावेश गरिएको थियो ।
जुन प्रावधानको सर्वत्र चर्को आलोचना भईरहेको छ । माग सम्बोधन नभए विरोधको कार्यक्रमलाई निरन्तरता दिने एनएसजेएफका महासचिव प्रज्जवल ओलीले बताएका छन् ।