FLASH NEWS
  • Loading...

विमल सहित चार खेलाडी बर्खास्त

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १४० पटक पढिएको
विमल सहित चार खेलाडी बर्खास्त

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कारबाही गरेको छ ।

विश्वकप छनोट अन्तर्गत कुवेतसँग खेल्ने टिममा रहेका फरवार्ड विमल घर्तिमगर, मिडफिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई एन्फाले कारबाही गरेको हो । एन्फाले कारबाही स्वरूप चारै खेलाडीलाई टिमबाट बर्खास्त गरेको छ । तर, एन्फाले खेलाडी कारबाहीको बिषय भने खुलाएको छैन ।

एन्फाले आन्तरिक छलफल गरेर उनीहरुको स्थानमा चार खेलाडी भुटान पठाउने तयारी गरेको छ । राष्ट्रिय टिमका चार खेलाडी शुक्रबार राति ठमेलस्थित एक लाउन्च बारमा गएको भेटिएपछि एन्फाले उनीहरुलाई कारबाही गरेको हो । कारबाहीमा परेका विमल सहित चार खेलाडीले  कुवेतविरुद्धको खेल खेल्ने छैनन् । चारै खेलाडीलाई भुटान जाने टिमबाट निकालिएको छ ।

‘तत्काल चार खेलाडीलाई भुटान जाने टिमबाट निकालिएको छ ।’ स्रोतले भन्यो ।

लाउन्च बारबाट फर्कने क्रममा मोटरसाईकल दुर्घटना हुदाँ खेलाडीलाई सामान्य चोट समेत लागेको छ । यसअघि समेत विमल सहित राष्ट्रिय टिमको खेलाडी बन्द प्रशिक्षणमा रहेको समय रातको समयमा डिस्कोमा गएर अनुशासनहिन कार्य गरेको भेटिएको थियो । तर, एन्फाले सो समय खेलाडीलाई जोगाउँदै विदेश खेल्न पठाएको थियो ।

एन्फाले यसपटक चार जना खेलाडीलाई कारबाही गर्दै भुटान जाने टिमबाट हटाएको हो । नेपालले विश्वकप छनोटको पहिलो होम गेममा मंसिर ३ गते कुवेतविरुद्ध भुटानमा खेल्दैछ । काठमाडौंका दशरथ रंगशाला तयार नभएपछि नेपालले भुटानमा होम गेम खेल्न लागेको हो । कुवेतको टिम शुक्रबारनै भुटान पुगिसकेको छ । नेपाली टिम शनिबार भुटानको तयारी गरेको छ ।

विमल पछिल्लो समय माल्दिभ्सको लिग खेल्दै आएका छन् । उनी केही केही दिन अघिमात्र विश्वकप छनोटका खेल खेल्न नेपाल आएका थिए ।