FLASH NEWS
  • Loading...

घलेम्दीको ५ मेगावाट खेर, प्रसारण लाइनको टुंगो छैन

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७३ पटक पढिएको
घलेम्दीको ५ मेगावाट खेर, प्रसारण लाइनको टुंगो छैन

नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगणडकी काेरिडाेर प्रसार लाइन सम्पन्न नगर्दा ५ मेगावाटकाे घलेम्दी जलविद्युत आयोजनाको विद्युत खेर गएकाे छ । प्रसारण लाइन समस्याले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण सम्पन्न आयोजनाको विद्युत खेर गएकाे हाे ।

आयोजनाको निर्माण पूरा भए पनि प्रसारण लाइन तयार नभएकाले विद्युत उत्पादन गर्न नपाएकाे घलेम्दी हाइड्रोपावर कम्पनीका सचिव विमल रिजालले बताए । उनका अनुसार प्रसारण लाइन नसकिएकाले विद्युत जाेडिने दाना सबस्टेसन सञ्चालन नभएपछि साढे २ महिनादेखि आयोजनाकाे विद्युत खेर गइरहेकाे हाे ।

प्राधिकरणले कहिलेसम्ममा प्रसारण लाइन सम्पन्न गरेर सञ्चालनमा ल्याउँछ भन्ने यकिन नभएकाले कराेडाैं रुपैयाँकाे विद्युत खेर जाने अवस्था आएकाे उनले बताए । निर्माण सकिएकाे आयोजना उपकरण तथा उत्पादन परीक्षणकाे चरण पूरा गरेर प्रसारण लाइन सञ्चालन हुने मिति कुरेर बसेकाे छ ।

प्रासरण लाइन तयार नहुन्जेल आयोजनाकाे करिब २ मेगावाट विद्युत तातोपानी साना जलविद्युत केन्द्रकाे लाइनमा जाेड्ने तयारी गरिए पनि नधानेपछि खेर फाल्नु परेकाे कम्पनीले जनाएकाे छ ।

आयोजना सम्पन्न गर्न १ अर्ब १५ करोड रुपैयाँ खर्च भएकाे छ । आयोजनामा लुम्बिनी विकास बैंकको अगुवाईमा मेगा बैंकको पनि लगानी छ । ७० प्रतिशत बैंकको ऋण र ३० प्रतिशत स्वपुँजी लगानी छ ।