FLASH NEWS
  • Loading...

न्हुँ द ११४० या भिन्तुना

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६८ पटक पढिएको
न्हुँ द ११४० या भिन्तुना

१२ कात्तिक ।

नेपाल भाषा मंका खलः म्याग्दीले मंगलवार भाईटिकामा नेपाल संवत ११४० को अवसरमा र्‍याली गर्दै शुभकामना (न्हुँ द ११४० या भिन्तुना ) बाँडेका छन ।

यस बर्ष पञ्चाङ्ग समितिले तय गरेको तिथी अनुसार नेवाी समुदायले मनाउने स्वन्ति र म्यःपुजा तथा नेपाल संवत फरक परेकोले म्याग्दीका नेवार समुदायले पनि भाईटिकाको दिन नेपाल संवत मनाएका हुन ।

तिहारमा नेवार समुदायद्वारा मनाईने स्वन्तिः को तिथि बिगारेको भन्दै नेवार समुदायले राष्ट्रिय पञ्चांग अर्थात् पात्रो बहिष्कार गरेको हो । राष्ट्रिय पञ्चांग निर्णायक समितिले ०७६ को तिहारमा पर्ने म्हःपूजा र नेपाल संवतलाई बेग्ला बेग्लै दिनमा राखेको छ। जबकि यी दुवै एकै दिन सम्पन्न गर्नुपर्ने नेवारी परम्परा रहँदै आएको छ।

पात्रोमा विवाद निस्किएसँगै नेवार समुदायले यस वर्षको भाइटीका १३ गते बुधबार मात्र मनाउने छन्। नेवार समुदायले यस वर्षको तिहारमा १० गते भनिएको लक्ष्मी पूजा ११ गते र १२ गते नेपाल सम्वत् र म्हपूःजा मनाउने भएका छन्।

पात्रोको विवाद सल्टाई नेवार समुदायलाई भाईटिका मनान सरकारले १३ गते सार्वजनिक विदा दिएको हो ।