FLASH NEWS
  • Loading...

लक्ष्मी जयन्तीको उपलक्ष्यमा गजल गायन

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९१ पटक पढिएको
लक्ष्मी जयन्तीको उपलक्ष्यमा गजल गायन

म्याग्दी, ९ कात्तिक ।

म्याग्दी साहित्य संञ्चारले एक सय ११ औं लक्ष्मी जयन्तीको अवसरमा बेनीमा ‘बुलबुलमा हामी’ गजल गायन सम्पन्न गरेको छ ।

नवोदित साहित्कि वाचनालय कतार र अनेसास कतारसँगको सहकार्यमा बेनीमा आयोजित गजल गायनमा ७ जना गजलकारले आ–आफ्ना गजल गाएका थिए । कार्यक्रममा कान्ति पौडेल, विभा ढुङ्गाना, अमर स्पन्दन, इन्द्र वियोगी, नारायण अभिलासीले २–२ वटा तथा नकुल पौडेल र प्रदिप रोदनले ९–९ वटा मर्मस्पर्शी जगल वाचन गरे ।

प्रगतिशिल लेखक संघका जिल्ला अध्यक्ष राजु केसीको प्रमुख आतिथ्यता र नकुल पौडेल तथा प्रदिप रोदन प्रमुख गजलकारको रुपमा सहभाही रहेको गजल गायन गर्नु अघि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा माल्यार्णपण गरिएको थियो । गजल गायन कार्यक्रमको नवोदित साहित्य वाचनालय कतारका तिलु शर्माले संञ्चालन र म्याग्दी साहित्य संञ्चारका अध्यक्ष सन्दीप खत्रीको अध्यक्षतामा सम्पन्न गजल गायनमा बेनीका एक सयबढी गजलका श्रोताहरु सहभागी रहे ।