FLASH NEWS
  • Loading...

आहा ! राम्चेको स्वादिलो किवी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८८ पटक पढिएको
आहा ! राम्चेको स्वादिलो किवी

म्याग्दी, कात्तिक ।
अन्नपूर्ण गाउँपालिका, ८ राम्चेका भक्तबहादुर पुर्जा मात्र होईन अरु धेरै कृषकको वारीमा नयाँ फल किवी लटरम्म फलेका छन ।
राम्चे गाउँमा उत्पादित किवी फल बेनी र पोखरा सहरमा पुर्‍याउन थालिएको छ । राम्चेका १५ जना कृषकले धेर थोर किवी उत्पादन गर्छन । सात बर्षअघि रोपिएको किवीले गत बर्षदेखी फल दिन थालेपनि यो बर्षदेखी बजार पुर्‍याउन थालिएको हो ।
‘राम्चेमा किवी राम्रो फलेको छ । यो बर्ष ४ क्वीन्टल सम्म किवी निकासी गर्ने आंकलन गरेका छौं । बजारको समस्या छैन, पोखरा सहरमा निकासी हुन थालेको छ ।’ अगुवा कृषक भक्त पुर्जाले भने, ‘मेरै बारीमा १ क्वीन्टल बढी किवी पठाउँछु । भर्खर वेच्न थालिएको छ, अहिलेसम्म ३० हजारसम्म नगद हात पर्यो ।’

एक पटक लगाएपछि करिव ४० बर्षसम्म निरन्तर आम्दानी दिने किवी फलको बजार मुल्य पनि उच्च छ । स्थानीय टक गर्वुजा र डेनी पुर्जाले कृषकको वारीबाटै प्रति किलो २ सय रुपैयाँमा ४ सय किलोग्राम किवी खरिदगरी बेनी र पोखरा पुर्‍याएका हुन । ग्रेड अनुसार वारीमा किवीको मुल्य १ सय ५० र दुई सय रुपैयाँमा कृषकले मुल्य पाएका छन ।
छिमेकी पर्वतको लेखफाँट र लोप्रेका अगुवा कृषक यज्ञप्रसाद सुवेदी, कृष्ण रन्तिजा समेतको नर्सरीबाट किवीका बेर्ना ल्याएर राम्चेमा हेवाड, रेड र आलिसन जातका किवी खेती सुरु भएको हो । राम्चेमा मात्र होईन अन्नपूर्ण गाउँपालिकाको अधिकांश वस्तीमा किवी खेती गर्न थालिएको छ । तर ब्यवसायीक रुप भने अझै ल्याएको छैन । रघुगंगा गाउँपालिकाको वेग र चिमखोलामा पनि किवी खेती विस्तार भएको छ ।

जापानको रैथाने मानिने यो गुणकारी फललाई ‘किवी’ चराले चीन, नेपाल र न्युजिल्याण्ड र्पुयाएको मानिन्छ । किवीको सबैभन्दा ठूलो व्यावसायिक खेती न्युजिल्याण्डमै छ । स्वाद र गुणका कारण महँगो फलमा गनिएको किवी बजारमा प्रतिकेजी ५ सय रुपैँयाभन्दा बढी पर्दछ । उपयोग तथा औषधीय गुण फलको राजा किवीलाई यार्सागुम्बा र ग्यानोडार्मा च्याउ जतिकै औषधीय गुणयुक्त मानिन्छ । किवीलाई शक्ति बद्र्धक र क्यान्सरको औषधि मानिन्छ । किवीबाट रक्सी, ब्राण्डी, वाइन, जेली, वियर, जुस, जाम आदि बनाउन सकिन्छ । फल बाहेक किवीको जाम, जुस, जेली, वाइन, मासु ‘सफेनिङ्ग’ र कस्मेटिक सामग्री बनाउन सकिन्छ, जसको राम्रो मूल्य पाइन्छ ।

किवी पहिलो पटक नेपालमा अमेरिकी वैज्ञानिक नेथानियल वालिचले सन् १८२१ मा पत्ता लगाएका थिए । तर कतिपयले किवीलाई जापानी रैथाने फल भन्ने गरेका छन् । खासमा चीनको याङत्जे उपत्यका किवीको पितृभूमि हो । यो ठूलो झाङ हुने लहरा प्रजातिको काठयुक्त काण्डसहितको पतझड विरुवा हो । रोपेको ५ वर्षदेखि फल्ने किवीको बोटले १०० देखि १५० केजीसम्म फल्छ ।
किवी खेती गर्न माटो परीक्षण आवश्य पर्दैन । विरुवालाई तुसारोले भेट्नु हुन्न । थाक्रोमाल लगाएर झ्याँगिन दिनु पर्दछ । किवीमा खास रोग किरा अहिलेसम्म देखा परेको छैन । किवीसँगै भित्रीबालीका रुपमा अदुवा, बेसार, कुरिलो, केरा, चिराइतो, सतुवा आदिको समेत खेती गर्न सकिन्छ ।