FLASH NEWS
  • Loading...

छापामा दिपावली मेला सुरु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११३ पटक पढिएको
छापामा दिपावली मेला सुरु

बेनी नगरपालिका, ६ छापामा दिपावलीको उपलक्ष्यमा पुरुष भलिवल प्रतियोगिता वुधवारदेखी सुरु भएको छ ।

मेलाको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अर्न्तगतको महिला तथा बालबालिका अक्षय कोषका आर्थिक संयोजक किसान जिसी उद्घाटन गरे । छापा युवा क्लवको आयोजनामा हुन गैरहेको छापा तिहार मेला ऊद्घाटन कार्यक्रममा वडाध्यक्ष कृष्णबहादुर बानिया“ समेतले खेलकुदले युवा शत्तिलाई रचनात्मक बाटोमा लाग्न प्रेरणा दिने बताए ।

प्रतियोगितामा २० टिमले प्रतिस्पर्धा गर्दै छन । प्रतियोगितामा पहिलो र दोस्रो हुने टिमले क्रमशः ५५ हजार ५ सय ५५ र ३३ हजार ३ सय ३३ रुपैया“ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन ।

फोटा श्रोत ः विशाल खत्री