FLASH NEWS
  • Loading...

असिनाले धान र तरकारी नष्ट

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०८ पटक पढिएको
असिनाले धान र तरकारी नष्ट

म्याग्दी, २३ असोज ।
दशैंको टिकाको दिउँसो परेको भिषण असिनापानीले बेनी नगरपालिका, २ फापरखेत, गौस्वारा र मंगला गाउँपालिका, १ थाईवाई, ३ अर्मन, ४ बरंजा क्षेत्रमा पाक्ने अवस्थाको धानबाली नष्ट गरेको छ ।
बाक्लो असिनाले पाक्न लागेको धान पुरै झारेको छ । भएको धानपनि असिनापानीसँगै आएको हुरीले पुरै सोत्तर बनाएर पल्टाएको छबरंजाका कृषक जगत बानियाँले भने, ‘खेतको धान मात्र होईन असिनाले बारीको कोदो, झालपातको तरकारी पनि पुरै नष्ट गरेको छ । कृषकको विजोग नै भएको छ ।

असिनाले सो क्षेत्रमा लगाईएको सिमीबाली समेत तरकारी खेतीमा पनि ठूलो क्षति पुर्‍याएको छ । असिना प्रभावित क्षेत्र समुद्र सतहदेखी १ हजार ५ सय देखी १ हजार ८ सय मिटर उचाई क्षेत्रमा पर्ने भएकोले लाग्दो असारमै धान रोप्ने असोज अन्त्यसम्म पाक्ने हुन्छ ।

असिनाले धेरै ठाउँमा मुख्यवाली धान र तरकारीवालीमा क्षति पुर्‍याएको खवर छ । तर दशैं विदा भएकोले गाउँमा कृषी प्राविधिक नहुँदा क्षतिको विवरण प्राप्त छैनजिल्ला प्रहरी प्रमुख महेन्द्रप्रसाद मरासिनीले भने, ‘प्रहरी परिचालन गरी सामान्य क्षतिको विरण माग्ने प्रयासमा छौं ।
जिल्लाको कुल खेतीयोग्य जमिनको ३ हजार ८ सय ९५ हेक्टर खेतमा धान खेतीबाट १० हजार ५ सय ६० मेट्रीक टन धानको उत्पादन हुन्छ । जिल्लाका अधिकांश खेतमा रैथाने जातका धान खेती हुन्छ । जिल्लामा दर्माली, झिनुवा, मार्सी, ताकमारे आदी स्थानिय जातका धान बढी मात्रामा उत्पादन हुन्छ ।
सदरमुकाम सेरोफेरो तथा मध्य क्षेत्रका बगरफांट, रत्नेचौर, सिमलचौर, पिपलबोट, मौवाफाँट, पोखरेबगर, ताराखेत, सहस्रधारा, हिल्वाङ्ग जस्ता धानको पकेट क्षेत्रमा गौरिया, गुडुर, पोखरेली जेठोबुढो, र लुम्ले बास्मती तथा उपल्लो भेगमा माछापुच्छ्रे३ र छोम्रोङ्ग धान खेती गरिन्छ । कालीगण्डकी कोरीडोरको सवै भन्दा माथिल्लो क्षेत्रमा धान खेती गरिने वस्ती घार हो । यहाँ दुई हजार दुई सय मिटरसम्म धान खेती गरिन्छ ।