FLASH NEWS
  • Loading...

निर्मल पुर्जाले गरे चो ओयुको सफल आरोहण

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०८ पटक पढिएको
निर्मल पुर्जाले गरे चो ओयुको सफल आरोहण

म्याग्दी, ६ असोज ।

७ महिनामा संसारका ८ हजार मिटर अग्ला सवै १४ वटा हिमाल चढ्ने महत्वकाँक्षी ‘प्रोजेक्ट पोसिवल १४/७’ मा जुटेका किर्तिमानी आरोही निर्मल पुर्जा तिब्बत स्थित ८ हजार दुई सय १ मिटर अग्लो चो ओयु हिमालको सफल आरोहण गरेका छन ।

किर्तिमान आरोही पुर्जाले सेप्टेम्बर २२ तारेखमा अभियानको ८ हजार मिटर अग्लामध्यको १२ औं अग्लो चो ओयु आरोहण गरेका हुन । पुर्जासँगै गणेश तामाङ, पाल्देन शेर्पा, निमा तेन्जीङ, पासाङ तामाङ, छ्वाङ्ग शेर्पा, स्टोवन मन र लाक्पा वाङ्वु पनि चो ओयु आरोहण गरेका छन ।

सोमबार दिउँसो १२ बजे फेसवुक स्टाटस लेखी सेप्टेम्बर २४ तारेखमा तिब्बतको चो ओयुबाट नेपालको मनास्लु वेस क्याम्प पुग्ने योजना रहेको उल्लेख गरेका छन ।

‘प्रोजेक्ट पोसिवल १४/७’ अर्न्तगत आफ्नै जन्मस्थान म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल चढेर पहिलो चरण सुरु गरेका किर्तिमानी आरोही निर्मण पुर्जाले धौलागिरी, सगरमाथा, ल्होत्से, कन्चनजंगा, मकालु हिमाल आरोहण गरेका थिए । संसारका ८ हजार मिटर अग्ला १४ हिमालमध्य ८ वटा नेपालमा छन । बाँकी पाकिस्तान र चीन (तिब्बत)मा पर्छन ।

दोस्रो चरणमा माउण्ट केटु, नाङापहाड, ब्रोडपीक, गणेशब्रुम प्रथम र गणेशब्रुम दोस्रो आरोहण गरेका हुन । तेस्रो चरणमा पुर्जाले मनास्लु, शिशापङ्गामा र चो ओयु हिमाल आरोहण प्रयासमा छन । निर्मल पुर्जाको अभियान अर्न्तगत पर्ने अर्को ८ हजार मिटर अग्लो तिब्बत स्थित शिशापङ्गामा हिमाल आरोहण गर्न कानुनी पनि आएको छ । चीन सरकारले यसै बर्षदेखी शिशापङ्गामा हिमाल आरोहणमा रोक लगाएकोले जटिलता थपिएको हो ।

किर्तिमानी आरोही पुर्जा सन् २००३ मा पोखरा स्थित व्रिटिश गोर्खा क्याम्पबाट छनौट भै वेलायती सेना प्रवेश गरेका हुन । उनी २००९ देखी ‘युके स्पेशल फोर्स कार्यरत रहे । वेलायति सेनामै रहँदा सन २०१२ देखी हिमाल आरोहण सुरु गरेका पुर्जाले तीन पटक सर्वोच्च शिखर सगरमाथा, लोत्से, मकालु र धवलागिरी हिमाल चढी सकेका छन । पुर्जा सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो सर्भिङ व्रिटिश गोर्खा पनि हुन ।

निर्मलले हिमाल आरोहणमा धेरै विश्व किर्तिमान राखेका छन । ५ दिनमै ८ हजार मिटर अग्ला सगरमाथा, ल्होत्से, र मकालु चढेर विश्व किर्तिमान राखेका पुर्जाले सगरमाथादेखी ल्होत्से आरोहण १० घन्टा १५ मिनेटमा पुरागरी अर्को रेकर्ड राखे । यस अघि यो २० घन्टाको रेकर्ड तोडेका हुन । १७ दिनमा सगरमाथा दुई पटक, ल्होत्से र मकालु एक–एक पटक चढ्ने पुर्जा मगर संसारका पहिलो आरोही हुन । पुर्जा व्रिटिश गोर्खा सैनिकमा स्पेशल फोर्समा भएको कारण हिमाल आरोहणका समाचार बाहिर आएका थिएनन ।