FLASH NEWS
  • Loading...

आरोही निर्मल पुर्जा चो ओयु दोस्रो शिविरमा रोकिए, मौषमको चुनौति

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १२५ पटक पढिएको
आरोही निर्मल पुर्जा चो ओयु दोस्रो शिविरमा रोकिए, मौषमको चुनौति

म्याग्दी, ३ असोज ।
७ महिनामा संसारका ८ हजार मिटर अग्ला सवै १४ वटा हिमाल चढ्ने महत्वकाँक्षी ‘प्रोजेक्ट पोसिवल १४/७’ मा जुटेका किर्तिमानी आरोही निर्मल पुर्जा तिब्बत स्थित ८ हजार दुई सय १ मिटर अग्लो चो ओयु हिमालको दोस्रो शिविरमा रोकिएका छन ।
अभियानको तेस्रो चरणको पहिलो प्रयास मनास्लु हिमाल आरोहण खराव मौषमले स्थगित १४ सेप्टेम्बरमा फर्केका आरोही पुर्जा १५ सेप्टेम्बरमा तिब्बत स्थित चो ओयु प्रथम शिविरमा पुगेका थिए । १७ गते दोस्रो शिविर उक्लेका पुर्जाले १९ सेप्टेम्बरमा चुचुरो उक्लने प्रयासमा थिए । तर खराव मौषमले पुर्जालाई चो ओयुमा पनि पहिलो चरणमा अवरोध पुर्‍याएको छ ।

विहिवार साँझ दोस्रो शिविरबाट चो ओयु हिमालको चुचुरो नजिकैबाट अति खराव मौषम र शुन्य भिजिविलीटीले गर्दा आरोही पुर्जा शुक्रवार विहान दोस्रो क्याम्पमै फर्केका हुन । पुर्जाले यो कुरा आफ्नो फेसवुक स्टाटसमा उल्लेख गरेका छन ।
‘हामी दुवै यस हिमालमा चयाँ छौं । मैले चारै तिर घुमें र चढ्ने निर्णय गरें । शुन्य भिजिविलिटी र खराव मौषमले गर्दा चुचुराको नजिकमा पुगेपछि विगतमा मैले सिकेको पाठ सम्झें, कुनै पहाडलाई हल्का ठान्नु हुन्छ र धैयता नै हिमाल चढ्ने कुञ्जी हो । अन्ततः म दोस्रो शिविरमा फर्केको छु ।’
‘प्रोजेक्ट पोसिवल १४/७’ अर्न्तगत आफ्नै जन्मस्थान म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल चढेर पहिलो चरण सुरु गरेका किर्तिमानी आरोही निर्मण पुर्जाले धौलागिरी, सगरमाथा, ल्होत्से, कन्चनजंगा, मकालु हिमाल आरोहण गरेका थिए । संसारका ८ हजार मिटर अग्ला १४ हिमालमध्य ८ वटा नेपालमा छन । बाँकी पाकिस्तान र चीन (तिब्बत)मा पर्छन ।

दोस्रो चरणमा माउण्ट केटु, नाङापहाड, ब्रोडपीक , गणेशब्रुम प्रथम र गणेशब्रुम दोस्रो आरोहण गरेका हुन । तेस्रो चरणमा पुर्जाले मनास्लु, शिशापङ्गामा र चो ओयु हिमाल आरोहण प्रयासमा छन । निर्मल पुर्जाको अभियान अर्न्तगत पर्ने अर्को ८ हजार मिटर अग्लो तिब्बत स्थित शिशापङ्गामा हिमाल आरोहण गर्न कानुनी पनि आएको छ । चीन सरकारले यसै बर्षदेखी शिशापङ्गामा हिमाल आरोहणमा रोक लगाएकोले जटिलता थपिएको हो ।
नेपाल सरकार मार्फत कुटनैतिक प्रयासबाट स्पेशल अनुमति पर्खेका आरोही पुर्जाले आफ्नो फेसवुक स्टाटसमा लेखेका छन, ‘शिशापङ्गामा हिमाल चढ्न स्पेशल अनुमतिको प्रतिक्षामा छु । मिसन पुरा हुने भरोसा छ ।’
किर्तिमानी आरोही पुर्जा सन् २००३ मा पोखरा स्थित व्रिटिश गोर्खा क्याम्पबाट छनौट भै वेलायती सेना प्रवेश गरेका हुन । उनी २००९ देखी ‘युके स्पेशल फोर्स कार्यरत रहे । वेलायति सेनामै रहँदा सन २०१२ देखी हिमाल आरोहण सुरु गरेका पुर्जाले तीन पटक सर्वोच्च शिखर सगरमाथा, लोत्से, मकालु र धवलागिरी हिमाल चढी सकेका छन । पुर्जा सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो सर्भिङ व्रिटिश गोर्खा पनि हुन ।

निर्मलले हिमाल आरोहणमा धेरै विश्व किर्तिमान राखेका छन । ५ दिनमै ८ हजार मिटर अग्ला सगरमाथा, ल्होत्से, र मकालु चढेर विश्व किर्तिमान राखेका पुर्जाले सगरमाथादेखी ल्होत्से आरोहण १० घन्टा १५ मिनेटमा पुरागरी अर्को रेकर्ड राखे । यस अघि यो २० घन्टाको रेकर्ड तोडेका हुन । १७ दिनमा सगरमाथा दुई पटक, ल्होत्से र मकालु एक–एक पटक चढ्ने पुर्जा मगर संसारका पहिलो आरोही हुन । पुर्जा व्रिटिश गोर्खा सैनिकमा स्पेशल फोर्समा भएको कारण हिमाल आरोहणका समाचार बाहिर आएका थिएनन ।

फोटो श्रोत ः सवै फोटो गुगलबाट