FLASH NEWS
  • Loading...

माउण्टकप’ छात्र तर्फ प्रकाश मावि र छात्रामा माउण्टको पोल्टामा

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ४०५ पटक पढिएको
माउण्टकप’ छात्र तर्फ प्रकाश मावि र छात्रामा माउण्टको पोल्टामा

२२, भदौ ।

युवा रेडक्रस सोसाईटी माउण्ट एभरेष्ट आवसिय माध्यामिक विद्यालयले आयोजना गरेको ‘माउण्ट भलिवल कप’ छात्र/छात्रा भलिवल प्रतियोगितामा प्रकाश माध्यामिक विद्यालय र आयोजक माउण्ट एभरेष्ट आमाविले हात पारेका छन ।

बेनीको खुल्ला मञ्चमा आईतवार सम्पन्न फाईनल खेलमा छात्र तर्फ २–३ सेट अन्तरले पराजित गरी प्रकाश माविले माउण्ट कप उचालेको हो । कडाप्रतिस्पर्धाका विच माउण्टले पाचौं सेटमा १३ अङ्ढसहित दोस्रो स्थानमा चित्त बुझाएको छ ।

त्यसैगरी प्रतियोगिताको छात्रा तर्फ महेन्द्ररत्न माध्यामिक विद्यालयल बरंजालाई ०–३ को सोझो सेटमा पराजित गरी आयोजक माउण्ट एभरेष्ट आवसिय माविले आफ्नो कप आफैले उचालेको छ ।

विजयी छात्र तर्फको टिमले प्रथम र दोस्रो हुनेले नगद क्रमशः ३५ हजार, २० हजार र रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र हात पारे । त्यसैगरी छात्रा तर्फ प्रथम हुनेले २० हजार नगदसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र तथा दास्रो हनेले १० हजारट्रफि, मेडल र प्रमाण पत्र हात पारे । प्रतियोगितामा १२ छात्र र ७ छात्रा टिमको सहभागीता रहेको थियो ।