FLASH NEWS
  • Loading...

माउण्टकप भलिवल सुरु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २१६ पटक पढिएको
माउण्टकप भलिवल सुरु

२०, भदौ ।
युवा रेडक्रस सर्कल माउण्ट एभरेष्ट आवसिय माध्यामिक विद्यालयले आयोजना गरेको ‘माउण्ट कप’ छात्र/छात्रा भलिवल प्रतियोगिता शुक्रवारदेखी सुरु भएको छ ।
प्रतियोगितामा १२ छात्र र ७ छात्रा टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । सुरुदेखी निरन्तर सहभागी केही विद्यालय पनि यस पटकको प्रतियोगितामा सहभागी छैनन ।  ‘शुक्रवारदेखी सुरु छात्र भलिवल प्रतियोगितामा प्रथम र दोस्रो हुनेले नगद क्रमशः ३५ हजार, २० हजार र रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गने छन । त्यसैगरी छात्रा तर्फ प्रथम हुनेले २० हजार नगदसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र तथा दास्रो हनेले १० हजारट्रफि, मेडल र प्रमाण पत्र हात पार्ने छन । प्रतियोगिताका सहभागी प्रतिखेलाडी दैनिक एक सय ५० भत्ता र सेमिफाईनलपछि प्रतिखेलाडी ३ सय खाजा भत्ता दिईने छ ।
०६६ सालदेखी सुरु भएको माउण्टकपको यो नवौं श्रृखला हो । माउण्टकप भलिवलको छात्र तर्फको शिल्ड महेन्द्ररत्न मावि बरंजाले ६ पटक जीत हातपारी २ वटा शिल्डमा कब्जा जमाएको छ । जनप्रीय मावि दरवाङले एक पटक जीत हात पारेको छ । छात्रा तर्फको भने आयोजक माउण्टएभरेष्ट आमाविले ५ पटक, प्रकाश माविले २ पटक र म्याग्दी क्याम्पस माविले १ पटक जितेका छन ।