FLASH NEWS
  • Loading...

शुक्रवारदेखी माउण्टकप भलिवल सुरु हुने

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २६३ पटक पढिएको
शुक्रवारदेखी माउण्टकप भलिवल सुरु हुने

१९ भदौ ।

बेनी स्थित माउण्ट एझरेष्ट आवसीय माध्यामिक विद्यालय अर्न्तगत युवा रेडक्रस सर्कलको आयोजनामा शुत्रवारदेखी सुरु हुने ‘माउण्टकप’ छात्र/छात्रा भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ ।

आयोजक माउण्टएभरेष्ट आमावि युरेसले विहिवार पत्रकार सम्मेलनगरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको हो । आयोजकका अनुसार १४ छात्र तथा ८ छात्रा टिमले प्रतियोगितामा भाग लिन नाम दर्ता गराएका छन । तर सुरुदेखी निरन्तर सहभागी केही विद्यालयले भने यस बर्ष सहभागी नहुने भएका छन ।

‘हामी प्रतियोगिता संञ्चालनको तयारी परा गरेका छौं’ आयोजक माउण्टएभरेष्ट युरेसका अध्यक्ष सज्जन सापकोटाले भने, ‘टिम दर्ता भैसकेको छ । टाढाबाट आएका खेलाडीलाई आवास ब्यवस्थापनमा जुटेका छौं ।’

आयोजकका अनुसार शुक्रवारदेखी सुरु हुने छात्र भलिवल प्रतियोगितामा प्रथम र दोस्रो हुनेले नगद क्रमशः ३५ हजार, २० हजार र रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गने छन । त्यसैगरी छात्रा तर्फ प्रथम हुनेले २० हजार नगदसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र तथा दास्रो हनेले १० हजारट्रफि, मेडल र प्रमाण पत्र हात पार्ने छन । प्रतियोगिताका सहभागी प्रतिखेलाडी दैनिक एक सय ५० भत्ता र सेमिफाईनलपछि प्रतिखेलाडी ३ सय खाजा भत्ता दिईने भएको छ ।

०६६ सालदेखी सुरु भएको माउण्टकपको यो नवौं श्रृखला हो । माउण्टकप भलिवलको छात्र तर्फको शिल्ड महेन्द्ररत्न मावि बरंजाले ६ पटक जीत हातपारी २ वटा शिल्डमा कब्जा जमाएको छ । जनप्रीय मावि दरवाङले एक पटक जीत हात पारेको छ । छात्रा तर्फको भने आयोजक माउण्टएभरेष्ट आमाविले ५ पटक, प्रकाश माविले २ पटक र म्याग्दी क्याम्पस माविले १ पटक जितेका छन ।