FLASH NEWS
  • Loading...

म्याग्दी पुस्तकालयमा पुस्तक छन्, पाठक छैनन्

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३४५ पटक पढिएको
म्याग्दी पुस्तकालयमा पुस्तक छन्, पाठक छैनन्

म्याग्दी, १५ भदौ ।
म्याग्दी सामुदायीक पुस्तकालयमा अहिले भौतिक वस्तुको क्नुै खाँचो छैन, हरियो रंगको सफाचट जुटकार्पेट, चिटिक्क मिलाएका चिल्ला फर्निचर, विविध विधाका ८ हजारबढी पुस्तक छन । तर प्रयाप्त पाठ्य सामाग्रीको उपलब्धता भएपनि पाठक संख्या भने ज्यादै न्युन । कुर्ची रिक्ता छन । पुस्तकालय शुनसान छ । पुस्तक मध्य अधिकांश नेपाली साहित्यका छन् । अंग्रेजी भाषा र हिन्दी साहित्यका पुस्तक धेरै रहेका छन् । दर्शन, राजनिती, धर्मशास्त्र लगाएत विविध विधाका पुस्तक पनी प्रयाप्त छन् । तर यी विधाका पुस्तक पढ्ने पाठक करिव शुन्य छन् ।

‘लोकसेवा र हाँजिरी जवाफ तयारीका कर्मचारी, विद्यार्थी मुस्किलले ५ जना छन । बाँकी फेसवुक र युट्युव चलाउने मात्र हुन’ लाईव्रेरियन अतुल राजभण्डारीले भने, ‘पुस्तकालयका आजिवन सदस्य मात्र होइन, पुस्तकालय संञ्चालक समेत दिवस मनाउन मात्र आउँछन । त्यैपनि सवै आएका छैनन ।’
पुस्तकालायको अभिलेख अनुसार दैनिक १०–१२ जना पाठक पुस्तकालय पुग्छन । पुस्तकालय पुग्ने अधिकांश पुस्तक पढ्न होईन फेसबुक चलाउन र युट्युवमा भिडियो/फिल्म हेर्न छन । निःशुल्क ईमेल/ईन्टरनेट उपलब्ध भएकोले पुस्तकालय पुस्तकका पाठकले होईन फेसवुक, युट्युवका क्रेजीको अखडा भएको छ । पुस्तकालयमा आएर इन्टरनेटबाट कृषी, पशुपालन वा अन्य सन्दर्भ सामाग्री खोज्न आउनेको महिनामा १–२ जना मात्र छन ।
कर्मचारी लोकसेवाको र हाँजिरी जवाफ तयारीमा आउने साहित्यकारको नाम, जन्ममिती र कृती प्रकाशन मिती हेर्ने बढी छन् । एकदुई जना पत्रपत्रिका पढ्न आउने गर्छन् । पुस्तकालयमा दश हजार तिन सय ३२ पुस्तक छन् । पुस्तक मध्य अधिकांश नेपाली साहित्यका छन् ।
‘हिजो राजनैतिक रुपमा विचार स्वतन्त्रता नहुँदा पुस्तकालय सचेत समुह जमघट हुने थलो थियो । अन्य संघसंस्था नभएकोले पुस्तकालय सवैको आर्कषण थियो । तर राजनैतिक परिवर्तनसँगै स्कुल/कलेजको तीव्र विकासले पुस्तकालयको आवश्यकता कम भएको हो’ पुस्तकालयका पूर्व अध्यक्ष हरीकृष्ण श्रेष्ठले भने, ‘हार्डकपी पुस्तकालयलाई डिजिटल पुस्तकालयले विस्थापित गर्दै गएको छ । पुस्तकालयको स्वरुप फेरिएपनि महत्व फेरिएको छैन ।’
पुस्तकालयमा पाठक संख्या घट्रदै गएको अवस्थामा म्याग्दी सामुदायीक पुस्तकालयले पाठक कक्षमै आईतवार १२ औं फुस्तकालय दिवस मनाएको छ । कार्यक्रमका अधिकांश वत्ताले पुस्तकालयको महत्व नघटेको र दुर्गम भेगमा पुस्तकालयको महत्व अझबढी भएको बताए । बैदेशिक रोजगारी र आधुनिक संञ्चारको सहज पहुँचले पुस्तकमा भन्दा गुगलमा रम्ने बढी छन ।
‘ज्ञान आर्जन गर्न पुस्तक पढ्ने संस्कृतिमै परिवर्तन आएको छ । आजको पुस्ता गुगल नै सवथोक देखेको छ । सतही ज्ञानमा भुलेको छ’ पुस्तकालयका अध्यक्ष सन्तोष रावलले भने, ‘त्यसैले पुस्तकालय भित्र कम्प्युटर राखेर इ लाईब्रेरि पनि स्थापना गरेका छौं ।’
पुस्तकालयले अध्ययन कक्ष बाहेक, बालकक्ष, श्रब्य–दृष्य, संगित, खेलकुदका सामाग्री पनि उपलब्ध छ ।  इन्टरनेटबाट आवश्यक सूचना खोज्न र प्रिन्ट गर्न पुस्तकालयले छुट्टै २ वटा कम्प्युटर राखेको भएपनि उपयोग गर्न कोही आएका छैनन ।
‘पुस्तक पढ्ने संस्कृति हराउँदै गएको छ । आफ्नै पढ्ने बानी घट्दो छ’ दिवस मनाउन पुस्तकालय पुगेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘ज्ञान आर्जनको शैली फेरियो तर महत्व घटेको छैन । इ–पुस्तकालय फेरिदो शैलीको प्रमाण हो ।’
म्याग्दी सामुदायिक पुस्तकालयले छुट्टै वाल पुस्तकालय पनि संञ्चालन गरेको छ । वालपुस्तकालय भने दैनिक २०–२२ जना बालबालिका आउने गरेका छन । उनीहरुले दैनिक वालकथा र कविताका पुस्तक पढ्छन । एक सय रुपैयाँ धरौटी राखेर पुस्तक घर लैजानेर पढेर फिर्ता गर्न पनि पाईन्छ । वाल पुस्तकालय आईतवार बाहेक सवै दिन दिउँसो ३ बजेदेखी साँझ ६ बजेसम्म खुल्ला रहन्छ । वि.सं. २०२७ सालमा स्थापित म्याग्दी पुस्तकालय जिल्लाको सवैभन्दा जेठो हो । तर अहिलेको पुस्तकालयको स्वरुप झने ०६० चैत ७ गते राती माओवादीले सदरमुकाम बेनी आक्रमणत्रममा भौतिक संरचनाबाहेक पुराना र महत्वपूर्ण २० हजारबढी पुस्तक जलेका थिए ।