FLASH NEWS
  • Loading...

छात्रा फुटवलको उपाधी माउण्ट एभरेष्ट माविलाई

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २०१ पटक पढिएको
छात्रा फुटवलको उपाधी माउण्ट एभरेष्ट माविलाई

म्याग्दी, १४ भदौ ।

बेनीमा सम्पन्न न्यू दोभान क्लवले आयोजना गरेको प्रथम अन्तर माध्यामिक विद्यालय स्तरीय नाईन ए साईड छात्रा फुटवल प्रतियोगिताको उपाधी माउण्ट एभरेष्ट आवसीय माध्यामिक विद्यालय महारानीथानले हात पारेको छ ।

क्लवका पूर्व अध्यक्ष स्व. अनन्त गिरीको स्मृतिमा आयोजित छात्रा फुटवल प्रतियोगिताको शनिवार सम्पन्न फाईनल खेलमा म्याग्दी बहुमुखी क्याम्पसलाई शुन्यका विरुद्ध तीन गोलको अग्रता सहित माउण्ट एभरेष्टले उपाधी हात पारेको हो ।

विजेता र उपविजेताले क्रमश ः तीस र विस हजार नगदसहित ट्रफि, मेडेल र प्रमाण पत्र हात पारे । प्रतियोगितामा माउण्ट एभरेष्टी डिम्पस गुरुट्ट उत्कृष्ट खेलाडी, माउण्टकै दिपा रोका सर्वाधिक गोलकर्ता र म्याग्दी एकेडेमी सिङ्गाले अनुसासित टिमको पुरस्कार प्राप्त गरे । प्रतियोगितामा म्याग्दी, बाग्लुङ्ग र पर्वतका १३ विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ ।