FLASH NEWS
  • Loading...

राहदानी बनाउने बढे, महिला र दलितको संख्या उल्लेख्य

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १३५ पटक पढिएको
राहदानी बनाउने बढे, महिला र दलितको संख्या उल्लेख्य

म्याग्दी, २ साउन ।

राहदानी बनाउने महिला र दलितको संख्या बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार राहदानी बनाउनेको बर्षेनी बढ्दो छ । राहदानी बनाउने महिलाको संख्या बढी छ । जातिय अनुपातमा हेर्दा दलितको राहदानी बढाउने संख्या अधिक छ ।

 

आव ०७३/०७४ मा १ हजार ४ सय ७८ महिला समेत ४ हजार १ सय ३३ जनाले राहदानी बनाएकोमा ०७४/०७५ मा ४ हजार २ सय जनाले राहदानी बनाएका थिए । जस मध्य १ हजार ६ सय ५९ जना महिला तथा ८ सय ९२ जना दलित थिए । आव ०७५/०७६ मा राहदानी बनाउनेको संख्या ४ हजार ३ सय ६४ जना पुगेका छन । राहदानी बनाउने मध्य १ हजार ७ सय ७८ जना महिला छन । सोही अवधिमा १ हजार १ सय ६ जना दलितले राहदानी बनाए । जातीगत जनसंख्याको अनुपातमा हेर्दा दलितको राहदानी बनाउने यो दर उच्च हो ।

जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार यस बर्ष २ हजार ९४ जना जानजाती, १ हजार ३ सय १० क्षेत्री/ब्रामण र १ हजार १ सय ६ जना दलितले राहदानी बनाए । स्थानीय तह अनुसार बेनी नगरपालिकाबाट १ हजार १ सय ७८ जना, अन्नपूर्ण गाउँपालिकाबाट ६ सय ४३ जना, रघुगंगा गापाका ६ सय ४० जना, मंगला गापाका ६ सय ७९ जना, मालिकाका ६ सय ३९ जना र धौलागिरी गापाका ५ सय ८८ जनाले राहदानी बनाएका हुन । प्रशासनको राहदानी फाँट यस बर्षदेखी राहदानी वितरणको लिङ्ग, जात र स्थानीय तह अनुसारको अभिलेख राख्न थालेको हो । चालु आवबाट उमेरगत अभिलेख पनि थप गर्ने जनाएको छ ।

त्यसै विच जिल्ला प्रशासन कार्यालय म्याग्दीले राहदानी लिन आवेदन गरेको एक सातामै राहदानी वितरण गर्दै आएको छ । राहदानी आवेदन गरेको सेवाग्राहीले छिटोमा एक सातादेखी ढिलोमा २० दिन भित्र राहदानी पाउने गरी ब्यवस्था मिलाएको प्रशासन कार्यालयले जनाएको छ ।

‘म्याग्दी जस्तो दुर्गम जिल्लाबाट राहदानी प्राप्ती प्रकृयालाई धेरै सहज बनाएका छौं । सेवाग्राहीले ७–२० दिन भित्र जिल्लाबाट नै राहदानी पाउन सक्छन’ प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने, ‘कार्यालयको प्रशासनिक तथा इन्धन खर्च कटाएर बर्खायामको समयमा पनि कर्मचारी रात्रीबसमा राजधानी जाने/फर्कने जोखिम मोलेर पनि राहदानी सेवालाई सहज बनाएका हौं ।’