FLASH NEWS
  • Loading...

मोना फ्रान्सद्धारा तीन लाख सहयोग

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७६ पटक पढिएको
मोना फ्रान्सद्धारा तीन लाख सहयोग

म्याग्दी, २८ असार ।

मानवीय सेवामा समर्पित संस्था ओमकुमारी शान्ति कोषलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्सले ३ लाख नगद सहयोग गरेको छ ।

अध्यक्ष हेमबहादुर बानियाँका बाबु दीपबहादुर बानियाँ र सल्लाहकार मानबहादुर सेन्चुरीकी आमा रतीश्री विकले प्रतिनिधीको रुपमा शनिवार कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्त्रण गरेका हुन ।

विपन्न म्याग्दीबासीको उपचारमा सहयोग जुटाउँदै आएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले विश्वभर छरिएका ‘सहयोगी मनहरु’ आर्थिक सहयोग जुटाएर २ करोड बढीको अक्षय कोष स्थापना गरी सोही कोषको ब्याजबाट आर्थिक अभावमा उपचार नपाएका जिल्लाबासीलाई सहयोग गर्ने जनाएको छ ।

उक्त अवसरमा बेनीका पुराना ब्यापारी रहेका समाजसेवी पुण्यबहादुर शाक्यको ७७ औं जन्मोत्सवको अवसरमा शाक्य परिवारले ओमकुमारी शान्ति कोषकालाई २ लाख रुपैयाँ सहयोग गरेका छन । सहयोगदाता शाक्य शान्ति कोषका अध्यक्ष राजेश शाक्यका बुबा हुन ।