FLASH NEWS
  • Loading...

मोना कतारको अधिवेसन सुरु

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १७७ पटक पढिएको
मोना कतारको अधिवेसन सुरु

पेशा, ब्यवसाय तथा रोजगारीकालागी कतार पुगेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना)को राष्ट्रिय कार्यसमिति कतारको नवौं साधारण सभा दोहामा सुरु भएको छ ।

कतारको राजधानी दोहा स्थित शालिमार रेष्टुरेन्टमा आयोजना गरिएको साधारण सभाको मोना अन्तराष्ट्रिय कार्यकारी समितिका अध्यक्ष चक्रबहादुर थापाले उद्घाटन गरेका हुन । सभामा मोना आईसिसिका उपाध्यक्ष तथा एनआरएन वेलायतका अध्यक्ष्य योगकुमार फगामी, मोना आईसिसि महासचिव मीम पुर्जा, मोना नेदरल्याण्डका अध्यक्ष जगन पुन उपस्थित छन ।

 

‘प्रवासी म्याग्देलीको दृष्टि, सम्बृद्ध म्याग्दीको सृष्टि’ भन्ने मुल नारा तय गरिएको सम्मेलनकालागी मोना राष्ट्रिय कार्यसमिति कतारको नयाँ कार्यसमिति निर्वाचनकालागी जनवरी १५–१९ सम्म उम्मेदवारी दर्तासहितको कार्यतालिका प्रकाशित गरिएको छ । मोना कतारको नवौं अधिवेशकालागी संस्थापक अध्यक्ष प्रेम रसाईलीलाई निर्वाचन अधिकृत तोकिएको छ ।

‘मोना कतारको अधिवेशन सुरु भएको छ । केही वेरमा वन्द सत्र सुरु हुन्छ’ साविक कतारका कोषाध्यक्ष थम गिरीले बताए ।

जिल्लाको शिक्षा, श्वास्थ्य, सडक, खानेपानी क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आएको मोना कतारले कतारका विभिन्न कम्पनीमा अप्ठ्यरो÷विपतमा परेकालाई पनि उद्धार र सहयोग गर्दै आएको छ । मोना विश्वभर छरिएका प्रवासी म्याग्दीवासी छाता संस्था हो । मोना प्रवासीहरुको एनआरएन पछि दोस्रो ठूलो संगठित छाता संगठन हो ।