FLASH NEWS
  • Loading...

हङ्गकङ्गबाट ओमकुमारी शान्ति कोषलाई ४० लाख सहयोग

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २४१ पटक पढिएको
हङ्गकङ्गबाट ओमकुमारी शान्ति कोषलाई ४० लाख सहयोग

विपन्न र आर्थिक अवस्था कमजोर जिल्लाबासीको श्वास्थ्य उपचारमा सहयोग जुटाउँदै आएको ओमकुमारी शान्ति कोषको ‘अक्षयकोष’मा म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङ्गकङ्गबाट ४० लाखबढी सहयोग जुटेको छ ।

‘हङ्गकङ्गबाट अभियानमा ठूलो योगदान भएको छ । ४० लाखबढी सहयोग जुटेको छ’ फेसवुक म्यासेन्जरमा ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले भने, ‘दानवीरहरुले जे उद्देश्यले पेट काटेर सहयोग गर्नु भएको छ, हामी प्रण गर्छौं, दुरुपयोग हुने छैन ।’

(मोना) हङकङको २० औं वार्षिक साधारण सभाको अवसरमा फागुन १२ गते (फ्रेवुरी २४)मा आयोजित ओमकुमारी शान्ति कोषका पदाधिकारीसँगको अर्न्तक्रियापछि दानवीरहरुले रकम सहयोग गरेका हुन । मोनाको निमन्त्रणामा साधारण सभामा सहभागी हुन ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुन हङकङ भ्रमणमा छन ।

‘दिन जान्यो, बााच्न जान्यो’ भन्ने मुल भवनासहित गठन भएको ओमकुमारी शान्ति कोष आर्थिक अभवाकै कारण अस्पताल पुग्न र ज्यान गुमाउन बाध्य विपन्न जिल्लाबासीको उपचारमा सहयोग जुटाउँदै आएको छ ।

साविक सिङ्गा–१ थामडाँडाकी हाडभित्र मासी उत्पादन नहुने (हाईपोलास्टीक एनीमिया) रोगबाट ग्रसित ओमकुमारी पुन (शान्ति)को उपचार असफल भएपछि अभियानबाट बचेको १३ लाख रुपैयाँ स्व.ओमकुमारी शान्ति कोष बनाईएको हो ।

कोषमा हाल ६० लाख रुपैयाँ वचत छ । सँधै चन्दा माग्ने अभियान चलाई रहनु भन्दा २ करोडको अक्षय कोष स्थापनागरी सोही कोषबाट सहयोग गर्ने उद्देश्यले शान्ति कोषले ‘अक्षय कोष’ स्थापना गर्न थालेको हो । थप ५० लाख रुपैयाँ वाक सहयोग छ । हङ्गकङ्गको सहयोग जोड्दा अक्षय कोषमा एक करोड ५० लाख रुपैयाँ पुगेको छ , अन्य देशमा पनि त्यहाँ क्रियाशिल मोनाले आमन्त्रण गरेकोले अक्षयकोष २ करोड नाघ्ने आंकलन छ । यस अघि हङकङमा जस्तै कतार, बहराईन, जापान, फ्रान्स, वेल्जियम, नेदरल्याण्ड, पोर्चुगलमा अक्षय कोष बृद्धी अझियान संञ्चालन गरिएको छ ।

मोना हङकङमा गरिएको अर्न्तक्रियामा ११ जनाले २ लाखबढीका दरले सहयोग गरेका छन । संस्थागत ३ लाख र ब्यत्तिगत रुपमा २ लाख सहयोग गरे ओमकुमारी शान्ति कोषको संरक्षक सदस्य बन्न पाउने ब्यवस्था छ । मोना हङकङ/मोना अर्न्तराष्ट्रिय समितिका संस्थापक प्रकाश पुन, मोना हङकङका अध्यक्ष कर्ण पुन, उपाध्यक्ष प्रमोद गिरी, पूर्व अध्यक्ष इन्द्र एलजी थापा, कोषाध्यक्ष नारायणसिं पुन, सचिव जेवेन्द्र फगामी, सल्लाहकार राजु गर्वुजा, ज्ञानेन्द्र थापा, पदम शेरचन, गोमा पुन, हर्ममान मगर, सदस्य लिल रोकाले जनही २ लाख सहयोग गरेका छन ।

‘कोष स्थापनापछि हालसम्म एक सय ५ जना विरामीको उपचारमा १ करोड ८३ लाख २४ हजारबढी सहयोग जुटाएका छौं । केही जटिल रोगबाट ग्रसित विरामीको उपचार सफल भएको छ’ कोषका सचिव एवं स्व. ओमकुमारी पुनका दाई लोकेश पुनले भने, ‘हामीलाई विश्वासगरी गरेको सहयोगको एक पैसा अन्यत्र खर्च गर्ने छैनौं ।’