FLASH NEWS
  • Loading...

ब्याडमिन्टनमा विवेक र पुनम पहिलो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २५३ पटक पढिएको
Post Thumbnail

सदरमुकाम बेनीको कालीपुल स्थित कभर्ड हलमा भएको गण्डकी प्रदेश स्तरिय एकल ब्याडमिन्टर प्रतियोगितामा पुरुष तर्फ बाग्लुङका विवेक विसी र महिला तर्फ कास्कीकी पुनम गुरुङ्ग पहिलो भएका छन ।

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताकालागी गण्डकी प्रदेशबाट छनौट प्रतियोगितामा पुरुष तर्फ कास्कीका विधान अधिकारी दोस्रो र भुगोल गुरुङ्ग तथा विशाल खड्का तेस्रो भए । राजिव खड्का (बाग्लुङ्ग), सुरेनद्र हमाल (म्याग्दी) र केवल श्रेष्ठ (नवलपुर) पनि राष्ट्रिय प्रतियोगिताकालागी छनौट भए ।

त्यसैगरी महिला तर्फ कास्कीकी यामकुमारी गुरुङ्ग दोस्रो र कास्कीकै प्रजिता गुरुङ्ग, सुनिता पौली संयुक्त रुपमा तेस्रो भए । कास्कीकै अन्तरा राना पनि छनौट भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका प्रमुख दानबहादुर राईले बताए ।

प्रतियोगितामा पुरुष तर्फ गण्डकी प्रदेशका सवै ११ जिल्लाबाट ३८ जना र महिला तर्फ पर्वत र स्याङ्जाबाहेक ९ जिल्लाका २० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।