FLASH NEWS
  • Loading...

म्याग्दीमा गण्डकी प्रदेश ब्याडमिन्टर शुरु

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १५८ पटक पढिएको
म्याग्दीमा गण्डकी प्रदेश ब्याडमिन्टर शुरु

गण्डकी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगिता विहिवारदेखी सदरमुकाम बेनीको कालीपुल स्थित कभर्ड हलमा शुरु भएको छ ।

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताकालागी गण्डकी प्रदेशबाट छनौटकालागी पश्चिमाञ्चल खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको म्याग्दी निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले ब्यानरमा हस्ताक्षरगरी उद्घाटन गरे । प्रतियोगितामा पुरुष तर्फ गण्डकी प्रदेशका सवै ११ जिल्लाबाट ३८ जना र महिला तर्फ पर्वत र स्याङ्जाबाहेक ९ जिल्लाका २० जना खेलाडी सहभागी छन । प्रतियोगितामा उदय अर्यालले मुख्य निर्णायकको रुपमा रहेका छन ।

‘यो छनौट खेल प्रतियोगिता हो । प्रतियोगिता सिङ्गल नै हुन्छ’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विकले भने, ‘गण्डकी प्रदेशमा पोखरा बाहेक म्याग्दीमा स्तरिय कभर्डहल सहितको ब्याडमिन्टन कोर्ट रहेको र खेलको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्न जिल्लामा प्रतियोगिता आयोजना गरिएको हो ।’