FLASH NEWS
  • Loading...

मोना कतारका अध्यक्षको सम्मान

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १४७ पटक पढिएको
मोना कतारका अध्यक्षको सम्मान

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारका अध्यक्ष रमेश पौडेललाई म्याग्दीमा सम्मान गरिएको छ ।

विपन्न म्याग्दीबासीको उपचारमा सहयोग जुटाउँदै आएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले ‘सहयोगी मनहरु’ सहयात्रा गर्दै आएका मोना कतारका अध्यक्ष पौडेललाई सम्मान गरेको हो ।

ओमकुमारी वचाउ अभियानदेखी सहयात्रा गर्दै आएको मोना कतारको सम्रक्षक सदस्य पनि हो । ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले पौडेल समेत कतारमा रहेका सहयागीदाताहरुलाई कोषको ब्याच उपहार हस्तान्त्रण गरे ।

‘हामी दुख विर्सेर जिल्लाबासीलाई परेको अप्ठ्यारोमा सहयाग गर्न इच्छुक छौं । श्वास्थ्य क्षेत्रमा जस्तै शिक्षाको क्षेत्रमा पनि सहयोग आवश्यक छ’ मोना कतार अध्यक्ष रमेश पौडेलले भने, ‘कोषको सम्मानले हामीलाई अप्ठ्यारोमा परेका अरु जिल्लाबासीलाई सहयोग गर्न झन उत्प्रेरण दिएको छ ।’