FLASH NEWS
  • Loading...

मालिकामा राष्ट्रपति कप शुरु

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १५३ पटक पढिएको
मालिकामा राष्ट्रपति कप शुरु

मालिका गाउँपालिकामा अन्तर माध्यामिक विद्यालय प्रथम राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता शुक्रवारदेखी शुरु भएको छ ।

प्रथम मालिका गाउँपालिका स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको दरवाङमा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले एक समारोह विच उद्घाटन गरिन । प्रतियोगिता उद्घाटनमा जिल्ला समवन्यय समितिका अध्यक्ष देवेन्द्र केसी,  गाउँपालिका प्रमुख श्रीप्रसाद मगरसमेतले शुभकामना ब्यक्त गरे ।

विद्यालय तहको सवै भन्दा ठूलो खेल प्रतियोगिता मानिएको राष्ट्रपति शिल्ड प्रतियोगितामा छात्र तथा छात्रा तर्फका भलिवल, एथेलेटिक्स र कबड्डी विधाका खेलमा  गाउँपालिका अन्र्तगतका ११ माध्यामिक विद्यालय सहभागी रहेका आयोजकले जनाएको छ ।

यस बर्षदेखी स्थानिय गाउँ÷नगरपालिकाबाट जिल्लास्तरिय, प्रदेशहुँदै केन्द्रीय स्तरमा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हुने भएकोले गाउँपालिका स्तरमा प्रतियोगिता आयोजना भएका हुन ।

प्रतियोगिता संञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषदले एक लाख, आयोजक गाउँपालिकाले ५ लाख र बाँकी विद्यालयहरुले ब्यहोर्ने भएका छन । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यालयले क्रमश ः रनिङ शिल्ड, मेडल, प्रमाणपत्रसहित ५०, २५ र १५ हजार नगद पुरस्कार पाउने छन । त्यसैगरी विधागत रुपमा भलिवल, एथलेटिक्स र कवड्डीलाई छुट्टै प्रथम, द्धितिय र तृतिय हुने विद्यालयले क्रमश ः१०, ७ र ५ हजार नगर पुरस्कारको ब्यवस्था गरिएको गापा प्रमुख श्रीप्रसाद मगरले जानकारी गराए ।