FLASH NEWS
  • Loading...

गण्डकी प्रदेश समवन्यय परिषतमा हंशराज

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८३ पटक पढिएको
गण्डकी प्रदेश समवन्यय परिषतमा हंशराज

गण्डकी प्रदेशबाट कतारमा रोजगारीमा रहेका श्रमिकहरुको साझा संस्था ‘गण्डकी प्रदेश समन्वय परिषद, कतारको अध्यक्षमा कास्कीका हंशराज ढकाल निर्वाचित भएका छन ।

‘हाम्रो अभिारा–समृद्ध गण्डकी प्रदेश’ भन्ने मुल नारासहित शुक्रवार (फ्रेवुरी ८)मा कतारको दोहा स्ति होटल गल्फ होराईजनमा सम्पन्न प्रथम साधारण सभाबाट ढकालको अध्यक्षतामा २१ सदस्यीय समन्वय परिषद गठन भएको हो ।

कतारकालागी नेपाली राजदुत रमेशप्रसाद कोईरालाले उद्घाटन गरेको गण्डकी प्रदेश समन्वय परिषद, कतारको प्रथम उपाध्यक्षमा म्याग्दीका प्रेमबहादुर विक, द्धितिय उपाध्यक्ष रिक्त, तृतिय उपाध्यक्ष रिक्त, महाँसचिव रामजी खत्री (गोरखा), सचिव युवराज गुरुङ (लमजुङ्ग), कोषाध्यक्षमा अजय विक (पर्वत) सर्वसम्मत निर्वाचित भएको थमकुमार गिरीले बताए ।

नवनिर्वाचित कार्यसमितिका १४ जना सदस्य मध्य गण्डकी प्रदेशबाट कतारमा क्रियाशिल सामाजिक संस्थाबाट हरेक जिल्लाबाट कम्तीमा एक सदस्य रहने गरि ति जिल्लाका संस्थाको अध्यक्ष रहने ब्यवस्था गरिएको छ । रिक्त द्धितिय, तितृय उपाध्यक्ष, सचिव र बाकी सदस्य पदमा पछि कार्यसमितिले जिल्लाहरु मिलाएर मनोनित गर्ने भेला आयोजक मध्यका एक गिरीले बताए ।

भेलामा गण्डकी प्रदेशका ११ जिल्लाका २१–२१ जनालाई प्रतिनिधी छनौट गरिएको थियो । परिषदको सल्लाहकारमा भेला तदर्थ समितिका अधयक्ष आशबहादुर गुरुङलाई चयन गरिएको छ ।