FLASH NEWS
  • Loading...

माउण्टलाई राष्ट्रपति शिल्ड

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९२ पटक पढिएको
माउण्टलाई राष्ट्रपति शिल्ड

बेनी नगरपालिका स्तरीय अन्तर माध्यामिक विद्यालय प्रथम राष्ट्रपती रनिङ शिल्ड माउण्ट एभरेष्ट आवसीय माध्यामिक विद्यालयले उचालेको छ ।

कुल ४८ मध्य १९ स्वर्ण, ३ रजत र १३ कास्यसहित माउण्ट एभरेष्टले राष्ट्रपती रनिङ शिल्ड हात पारेको हो । १० स्वर्ण, १४ रजत र १२ कास्य सहित न्यू वेष्टपोइन्ट आवसिय माविले दोस्रो स्थानमा र ६ स्वर्ण, १० रजत र १ कास्यगरी प्रकाश माविले तेस्रो स्थानमा चित्त बुझाएका छन ।

प्रतियोगिताको एथलेटिक्स तर्फ न्यू वेष्ट पोईन्टका छात्र तेजिन घर्तीले सर्वाधिक ४ स्वर्ण, २ रजत र २ कास्य पदक हात पारे । राष्ट्रिय मावि नेप्टेचौरका छात्र आय खत्रीले ३ हजार र १५ सय मिटरगरी २ स्वर्ण र ८ सय मिटरमा रजत पदक र माउण्टका प्रज्वल शेरचनले करातेमा २ स्वर्ण हात पारेर चम्किए ।

प्रतियोगितामा सर्वाधिक लोकप्रिय खेल भलिवलमा छात्रा तर्फ माउण्ट एभरेष्ट आमाविले वेष्टपाईन्ट आमाविलाई १९–२५, २३–२५ र २२–२५ सोझो सेटमा र छात्र (केटा) तर्फ माउण्टले न्यूवेष्ट पोईन्टलाई नै १९–२५, २०–२५ र २१–२५ सोझो पराजित गरी स्वर्ण हात पदक हात पारे ।   

प्रतियोगितामा छात्र तथा छात्रा भलिवल, कवड्डी, एथेलेक्सि तर्फका हाईजम्प, ल¨जम्प, ट्रिपलजम्प, सटपुट, एक–दुई–चार, आठ, १५ सय तथा तीन हजार मिटर दौड र मार्सल आर्ट तर्फ उसु, तेक्वाण्डो खेल समावेश गरिएको थियो ।