FLASH NEWS
  • Loading...

बेनीनगर राष्ट्रपति कप शुरु

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०६ पटक पढिएको
बेनीनगर राष्ट्रपति कप शुरु

बेनी नगरपालिका स्तिरिय अन्तर माध्यामिक विद्यालय प्रथम राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता शुक्रवारदेखी बेनीमा शुरु भएको छ ।

विद्यालय तहको सवै भन्दा ठूलो खेल प्रतियोगिता मानिएको राष्ट्रपति शिल्ड प्रतियोगितामा धौलागिरी गाउँपालिका भित्रका ६ निजी समेत २२ माध्यामिक विद्यालयले सहभागिता जनाएका छन ।

प्रतियोगितामा छात्र÷छात्र तर्फका भलिवल, कवड्डी, एथेलेटिक्स तर्फ एथेलेक्सि तर्फका हाईजम्प, लङजम्प, ट्रिपलजम्प, सटपुट, एक–दुई–चार, आठ, १५ सय तथा पाँच हजार मिटर दौड सटफु र मार्सल आर्ट तर्फका तेक्वाण्डो, कराँते र उसु खेल समावेश छन ।

प्रतियोगिताका गण्डकी प्रदेश सदस्य विनोद केसीले खुल्ला मञ्चमा एक कार्यक्रम विच उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन खेल १५ सय मिटर दौडमा छात्र तर्फ राष्ट्रिय माध्यामिक विद्यालय नेप्टेचौरका आय खत्री र छात्रा तर्फ गलेश्वर माध्यामिक विद्यालय तोरीपानीकी प्रमिला खत्रीले स्वर्ण पदक हात पारे ।