FLASH NEWS
  • Loading...

मार्च ८ मा मोना कतारको अधिवेसन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १६८ पटक पढिएको
मार्च ८ मा मोना कतारको अधिवेसन

पेशा, ब्यवसाय तथा रोजगारीकालागी कतार पुगेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना)को राष्ट्रिय कार्यसमिति कतारको नवौं साधारण सभा दोहामा हुने भएको छ ।

मोना कतारका कोषाध्यक्ष थमकुमार गिरीका अनुसार आगामी मार्च ८ अर्थात फागुन २४ गते कतारको राजधानी दोहा स्थित शालिमार रेष्टुरेन्टमा आयोजना गरिएको साधारण सभाको मोना अन्तराष्ट्रिय कार्यकारी समितिका अध्यक्ष चक्रबहादुर थापाले उद्घाटन गर्ने कार्यक्रम छ । साधारण सभामा मोनाका संस्थापक प्रकाश पुनको समेत उपस्थिती रहने मोना कतारले जनाएको छ ।

‘प्रवासी म्याग्देलीको दृष्टि, सम्बृद्ध म्याग्दीको सृष्टि’ भन्ने मुल नारा तय गरिएको सम्मेलनकालागी मोना राष्ट्रिय कार्यसमिति कतारको नयाँ कार्यसमिति निर्वाचनकालागी जनवरी १५–१९ सम्म उम्मेदवारी दर्तासहितको कार्यतालिका प्रकाशित गरिएको छ । मोना कतारको नवौं अधिवेशकालागी संस्थापक अध्यक्ष प्रेम रसाईलीलाई निर्वाचन अधिकृत तोकिएको छ ।

‘हामी राष्ट्रिय कार्यसमितिको नवौं साधारण सभामा जुटेका छौं । संस्थाको गरिमालाई उच्च राख्दै संस्थागत क्षमतामा बृद्धी गर्ने लक्ष्य राखेका छौं’ कोषाध्यक्ष गिरीले भने, ‘कतारभरी छरिएका म्याग्देलीसम्म पुग्ने, साधारण सभाकालागी पाहुना कसरी ल्याउने र स्वागत गर्ने तयारीमा लागेका छौं ।’

जिल्लाको शिक्षा, श्वास्थ्य, सडक, खानेपानी क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आएको मोना कतारले कतारका विभिन्न कम्पनीमा अप्ठ्यरो÷विपतमा परेकालाई पनि उद्धार र सहयोग गर्दै आएको छ । मोना विश्वभर छरिएका प्रवासी म्याग्दीवासी छाता संस्था हो । मोना प्रवासीहरुको एनआरएन पछि दोस्रो ठूलो संगठित छाता संगठन हो ।