FLASH NEWS
  • Loading...

प्रदेश स्तरिय शिल्ड माउण्ट एभरेष्टलाई

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २५५ पटक पढिएको
प्रदेश स्तरिय शिल्ड माउण्ट एभरेष्टलाई

सदरमुकाम बेनीमा सम्पन्न गण्डकी प्रदेश स्तरिय अन्तर क्याम्पस कक्षा ११ र १२ समेत छात्र भलिवल बेनीको माउण्ट एभरेष्ट आवसीय माध्यामिक विद्यालयले हात पारेको छ ।

मंगलवार सम्पन्न छात्र तर्फको फाईनल खेलमा धौलागिरी बहुमुखी क्याम्पस बाग्लुá पाचौं सेटमा पराजित गरी पहिलो भएको हो । प्रतियोगितामा गण्डकी प्रदेशका २२ वटा क्याम्पसका २४ टिम सहभागी थिए ।

म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले क्यामपसको २८ औं वार्षिकोत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पहिलो टिमले नगद ४० हजार, शिल्ड, मेडल र प्रमाणपत्र र दोस्रो हुने धौलागिरी बहुमुखी क्याम्पस बाग्लुáले २५ हजार नगद, मेडल र प्रमाण पत्र हात पारे ।

त्यसैगरी छात्रा तर्फको प्रतियोगितामा पोखराको टप टेन मावि र म्याग्दीको माउण्ट एभरेष्ट आवसीय मावि विच बुधवार फाईनल भिडन्त हु∕दैछ ।