FLASH NEWS
  • Loading...

आर्य र करुणा बने म्याराथन धावक

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८० पटक पढिएको
आर्य र करुणा बने म्याराथन धावक

लिटलगार्डेन एकेडेमीद्वारा आयोजित अन्तरमाध्यामिक विद्यालय स्तरिय मिनी म्याराथन (८ किलोमिटर) दौड प्रतियोगितामा छात्र तर्फ राष्ट्रिय माध्यामिक विद्यालय नेप्टेचौरका आर्य खत्रीले २६ मिनेट १४ सेकेण्डमा पुरागरी प्रथम भए । माउण्ट एभरेष्ट आवसिय माविका नविन रोकाले २७ मिनेट ३१ सेकेण्ड र मंगला मावि बाबियाचौरका महेन्द्र पुनले २७ मिनेट ४२ सकेण्डमा दौड पुरा गरी क्रमशः दोस्रो र तेस्रो भए ।

त्यसैगरी छात्रा तर्फ जनकल्याण मावि पुलाचौरकी करुणा बानिया“ले मिनी म्याराथन दौड ३१ मिनेट ७ सेकेण्डमा पुरागरी पहिलो भईन । दोस्रो स्थानकी बेनी सामुदायीककी सोनिया बरुवालले ३५ मिनेटमा र गलेश्वर आदर्श माविकी डिम्पल गुरु¨ले ३६ मिनेटमा दौड पुरागरी तेस्रो स्थान सुरक्षित गरिन ।

प्रतियोगितामा जिल्लाका १२ माध्यामिक विद्यालयका ११ छात्र र ११ छात्राले सहभागीता रहेको आयोजक लिटल गार्डेन एकेडेमीले जनाएको छ ।