FLASH NEWS
  • Loading...

बेनी सामुदायीकको विजय सुरुआत

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २१४ पटक पढिएको
बेनी सामुदायीकको विजय सुरुआत

म्याग्दी बहुमुखी क्याम्पसमा जारी गण्डकी प्रदेश स्तरिय अन्तर क्याम्पस छात्र÷छात्रा भलिवलको उद्घाटन खेलमा आयोजक म्याग्दी क्याम्पस ‘वि’ २–० सोझो सेटमा पराजितगरी बेनी सामुदायीकले विजय सुरुआत गरेको छ ।
म्याग्दी बहुमुखी क्याम्पसको २८ औं बार्षिकोत्सवको अवसर पारेर स्वतन्त्र विद्यार्थी युनियनले आयोजनामा गरेको प्रतियोगितामा छात्र तर्फ गण्डकी प्रदेशका २२ क्याम्पसका २४ टिम र छात्रा तर्फ ८ क्यँम्पसको सहभागिता छ ।
‘सु–सम्बन्ध, आत्मियता र सहकार्यको मेल, स्वास्थ्य, अनुसारन र सभ्यताकोलागी खेल’ मुल नारा सहित आयोजित प्रतियोगिताको क्याम्पस संञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदी र मुख्य रेफ्री तेजेन्द्र बानिया“ले खेलाडीलाई वल हस्तान्त्रणगरी उद्घाटन गरेका हुन ।