FLASH NEWS
  • Loading...

दक्षिण एशिया च्याम्पियनसिपमा स्वर्ण

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १६१ पटक पढिएको
दक्षिण एशिया च्याम्पियनसिपमा स्वर्ण

रघुगंगा गाउँपालिका, २ भगवती राखुका निर्मल केसीले भारतको पश्चिम बंगालमा सम्पन्न खुल्ला कराँतेको साउथ एशियनसिपमा स्वर्ण पदक जितेका छन । केसीलाई पहिलो सहभागिता मै अन्तराष्ट्रिय पदक हात परेको हो ।

मुक्तिधाम माविबाट एसईई उत्तिर्णगरी उच्च शिक्षाकालागी पोखरा झरेका केसीले गण्डकी प्रदेशबाट सहभागिता जनाएका हुन । राष्ट्रिय स्तरका प्रतिस्पर्धामा भने दर्जन स्वर्ण पदक हात पारेका केसीलाई जिल्ला खेलकुद विकास समितिले सम्मान गर्ने भएको छ । ‘खेलको सम्मान र खेलाडीलाई प्रोत्साहन गर्न हालै भारतमा सम्पन्न कराँतेमा स्वर्ण पदक विजेता जिल्लावासी युवा निर्मललाई सम्मान गर्ने कार्यक्रम तय भएको छ’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विकले भने, ‘सम्मानले खेलाडीको आत्मबल बृद्धी गराउँछ ।’