FLASH NEWS
  • Loading...

नाईट बसमा ‘होस्टेज गर्ल’

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०८ पटक पढिएको
नाईट बसमा ‘होस्टेज गर्ल’

बसमा पनि हवाई जहाजमा जस्तै होस्टेज ? हँ, रात्री बसमा महिला होस्टेज ? महिला यात्रु रात्री बसमा एक्लै यात्रा गर्ने सुन्दा नै जिव्रो टोक्ने समाजमा म्याग्दीको बेनी–काठमाण्डौ चल्ने रात्री बसमा परिचालिका ‘गर्ल होस्टेज’ राखिएको छ ।

यी परिचालिकाले तपाईलाई बसमा पनि हवाई जहाजमा जस्तै सम्मान र सत्कार गर्दै आएका छन । म्याग्दी–कोरला यातायात प्रालिले संञ्चालन गरेका बेनी–काठमाण्डौ रुटमा चल्ने सुविधा युक्त भिआईपी बसमा चिटिक्क होस्टेजको मन्द मुस्कानसहित अभिवादन र आतिथ्यता पाएपछि यात्रुले रात्री यात्राको तनाव नै विर्सन्छ ।

‘हाम्रा पहाडी सडकमा पनि यस्ता सुविधायुक्त गाडी र होस्टेज राखेर सत्कार गरिएला भन्ने लागेको थिएन’ रघुगंगा गाउँपालिका, ५ पाखापानीका अर्जुन पाईजाले भने, ‘यो बसमा मात्र हो कि अन्य बसहरुका डाईभर, खलासीको पनि ब्यवहार सुध्रेको छ । सेवा र सत्कार दुवै राम्रो लाग्यो ।’

बेनी–पोखरा–काठमाण्डौ रुटमा अत्याधुनीक सुविधा र आरामदायी भिआईपी सुपर डिलक्स एसी रात्री बस सेवा चलेका छन । रात्री बसमा त महिलाले यात्रा गर्न हिचकिचाउँने बेला ‘नाईट बस होस्टेज’ बन्ने हिम्मतवाली हुन, कुसुम राना र राशु राम्जाली ।

अन्नपूर्ण गाउँपालिका, ५ पाउद्वार घर भै राजधानीको त्रिचन्द्र कलेजमा विएससी दोस्रो वर्षकी नियमित छात्रा हुन, कुसुम राना । अन्नपूर्ण गापा, १ दोवाकी राशु राम्जाली पनि बेनीको माउण्ट एभरेष्ट माविबाट १२ उत्रिर्ण हुन । कुसुम र राशु दुवै ‘नाईट वसका होस्टेज’ हुन । राशुका बाबा बहराईन छन भने कुसुमका बाबा शिक्षक हुन ।

‘संञ्चालक र स्टाफहरु सभ्य भए ब्यवसाय सभ्य बन्छ । सभ्य संस्कृति बनेपछि यात्रुले पनि आफै सम्हालिने रहेछन’ बस होस्टेज राशु राम्जालीले भनिन्, ‘कलेजको कक्षा कोठामा सहपाठीले बोल्ने शब्द भन्दा रात्री बसका डाईभर, खलासीले सभ्यता देखाएका छन । सुरक्षित र सजिलो लागेको छ ।’

डिजिटल फल्स सिस्टमको शौचालय जडित सेप्रेट गरिएको २१ सिटे भिआईपी बसमा स्वचालित फल्स शौचालय, डिजिटल लकर, मिनी वार (रेष्टुरेन्ट), सिटमा, मोवाईल, ल्यापटप, प्याड चार्जर, कफी राख्ने ट्रे समेत जोडिएका छन । यात्रु र सामाग्री सुरक्षाकागाी सिसी क्यामेराले निगरानी राख्छ । यात्रुलाई बसमै नि:शुल्क नास्ता, तातोकफी वा सिसो पेय, पानी सर्व गरिन्छ ।

‘अवको यातायातको ब्यवसायमा मर्यादित सेवा, गुणस्तरिय सुविधा र न्यायोचित मुल्य आवश्यक छ’ प्रालिका अध्यक्ष सुरज केसीले भने, ‘महिला यात्रुको विश्वास आर्जन गरेका छौं । यात्रुको आधारभुत सुविधा, सन्तुष्टी र विश्वास कायम राख्न महिला बस होस्टेजले मद्दत पुर्‍याउने छन ।’

‘बसमा स्टाफ र यात्रुबाट मर्यादा पाएका छौं । संञ्चालक र स्टाफको ब्यवहारले गर्दा परिवारले रात्री बसको होस्टेज बन्न स्वीकृत दिएको हो’ म्याग्दी–कोरला यातायात प्रालिको टिकट काउण्टरमा भेटिएका बसकी होस्टेज कुसुम रानाले भनिन्, ‘म घरबाट भागेर वा अर्को रोजगारी नदेखेर यहाँ आएको होईन । सवै पेशा आफैमा मर्यादित हुन्छन । मेरो काम देखेरै महिलाहरुले आत्मबल बढाउने छन ।’